अय्यूबको पुस्तक 7
7
1अय्यूबले भने,
“मानिसले पृथ्वीमा कठोर सङ्घर्ष गर्छ।
उसको जीवन एक ज्यालामा काम गर्नेहरूको जस्तो छ।
2मानिस एक दास जस्तो हो जसले गर्मीको दिनमा कठोर काम गरेपछि चिसो छाँया खोज्छ।
मानिस एक ज्यालाको कर्मी जस्तो हो जसले ज्याला पर्खिरहन्छ।
3त्यसरी नै मैले महिनौंसम्म अर्थहीन यातनाहरू भोगेको थिएँ
अनि मेरो लागि कष्टका रातहरू अलग राखिएका छन्।
4जब म सुतें, मैले सोचें,
‘कतिन्जेल मैले सोच्ने, जबसम्म म उठ्दिनँ?’
तर रात लामो छ।
अनि घाम नझुल्कुन्जेलसम्म म ओछ्यनमा छट्पटाउँदै रहें।
5मेरो शरीर किराहरू र फोहरले ढाकिएको छ।
मेरो छाला निको हुन थाल्छ अनि त्यसपछि फेरि एकपल्ट नयाँ घाउहरूले छोपिन्छ।
6“मेरो दिनहरू जुलाहा तानको धागो झैं चाँढो-चाँढो वितिरहेको छ
अनि प्रत्येक दिन निराशमय भई शेष हुन्छ।
7परमेश्वर, सम्झनुहोस् मेरो जीवन त ढुकढुकी मात्र हो।
म कहिल्यै पनि फेरि केही राम्रो देख्ने छैन।
8अनि तपाईंले मलाई फेरि देख्नु हुने छैन,
तपाईंले मलाई हेर्नु हुनेछ, तर म गई सकेको हुनेछु।
9बादल विलिन भएर गए जस्तै मानिस मर्छ
अनि चिहानभित्र गाडिन्छ अनि ऊ फेरि फर्की आउँदैन।
10ऊ आफ्नो पुरानो घरमा फेरि फर्की आउँदैन
उसको घरले फेरि उसलाई चिन्ने छैन।
11“यसैले म चुपचाप रहने छैन।
म बोल्नेछु। मेरो आत्माले कष्ट पाएको छ।
म गुनासो गर्नेछु किनभने मेरो आत्मा दुःखमा छ।
12के म समुद्र हुँ अथवा समुद्री-जन्तु हुँ?
परमेश्वर, किन मेरो हेरचाह गर्नु हुन्छ?
13मेरो ओछ्यानले मलाई आराम दिनु पर्छ,
मेरो ओछ्यानले मलाई विश्राम र शान्ति दिनुपर्छ।
14तर परमेश्वर जब म ढल्किन्छु
सपनाहरूमा तपाईंले तर्साउनु हुन्छ, दर्शनहरूले भयभीत पार्नु हुन्छ।
15यसर्थ म यसरी बाँचिरहनु भन्दा
गला अँठ्याएर मर्न चाहन्छु।
16म आफ्नो जीवनलाई घृणा गर्छु।
म चीरकालसम्म बाँच्न चाहन्न।
मलाई एक्लै छाडी दिनुहोस्
मेरो जीवनको अर्थ नै छैन।
17परमेश्वर, तपाईंको निम्ति मानिस किन अत्यन्त मुख्य छ?
किन तपाईंले उसको सम्मान गर्नुपर्छ?
किन तपाईंले उसको हेरचाह गर्नुपर्छ?
18किन प्रत्येक बिहान तपाईंले मानिसको प्रतिक्षा गर्नुहुन्छ?
अनि प्रत्येक क्षण परीक्षा लिनुहुन्छ?
19परमेश्वर, तपाईं मबाट कहिल्यै टाढा रहन सक्नुहुन्न।
तपाईंले मलाई एकछिन पनि एक्लै छाडन सक्नुहुन्न।
20परमेश्वर तपाईंले मानिसहरूमाथि नजर राख्नुहुन्छ।
यदि मैले पाप गरेको छु भने, सजाय दिनुहोस्, मैले के गर्नु पर्छ?
किन तपाईंले मलाई निशाना बनाई प्रयोग गर्नु भयो?
के म तपाईंको निम्ति एक समस्या भएको थिएँर?
21किन तपाईंले मेरो अपराध क्षमा गर्नु भएन?
किन तपाईंले मेरा निम्ति पापहरूको क्षमागर्नु भएन?
चाँडै म मर्ने छु र आफ्नो चिहानमा हुनेछु।
तब तपाईंले मलाई खोज्नु हुनेछ
तर म गइसकेको हुनेछु।”
अहिले सेलेक्ट गरिएको:
अय्यूबको पुस्तक 7: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International