अर्को मिरमिरे बिहानमा येशू किनारमा उभिनुभयो। तर चेलाहरूले येशू हुनुहुनथ्यो भनेर चिनेनन्। तब येशूले तिनीहरूलाई भन्नुभयो, “साथीहरू हो! तिमीहरूले कुनै माछा पक्रियौ?” चेलाहरू ले भने, “अहँ।” येशूले भन्नुभयो, “माछा मार्ने जाल फ्याँक तिमीहरूको डुङ्गाको दाहिनेपट्टि। तिमीहरू त्यहाँ केही माछाहरू पाउनेछौ।” तिनीहरूले त्यसै गरे। तिनीहरूले यति धेरै माछाहरू पक्रे कि तिनीहरूले डुङ्गातर्फ जाल तान्न पनि सकेनन्। येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, “ती मानिस प्रभु हुन्।” पत्रुसले “ती मानिस प्रभु हुन्” भनेको सुने र आफ्ना ओढ्ने बेरेर पानीमा हामफाले किनभने तिनले काम गर्नलाई लुगा खोलेका थिए। अन्य चेलाहरू डुङ्गामा चढेर किनारमा आए। तिनीहरूले माछाले भरिएको जाल ताने। तिनीहरू किनारदेखि टाढा थिएनन्। तिनीहरू लगभग सय मिटर भित्र थिए। जब तिनीहरू किनारमा पुगे, तिनीहरूले जलिरहेको तातो कोइला देखे। त्यहाँ आगोमा केही माछा अनि केही रोटीका टुक्रा थिए। येशूले भन्नुभयो, “तिमीहरूले भर्खरै पक्रेको केही माछाहरू ल्याऊ।” शिमोन पत्रुस डुङ्गातर्फ गए र किनार तिर जाल ताने। त्यो ठूला-ठूला माछाले भरिएको थियो। त्यहाँ जम्मा एक सय त्रिपन्नवटा माछाहरू थिए। माछाहरू एकदमै गह्रों थियो र पनि जाल फाटेन। येशूले तिनीहरूलाई भन्नुभयो, “आऊ अनि खाऊ।” कुनै पनि चेलाहरूले उहाँलाई सोध्ने आँट गरेनन्, “तपाईं को हुनुहुन्छ?” तिनीहरूलाई उहाँ प्रभु नै हुनुहुन्छ भनेर थाहा थियो।
यूहन्नाको सुसमाचार 21 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्नाको सुसमाचार 21:4-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू