यूहन्नाको सुसमाचार 16:22-24

यूहन्नाको सुसमाचार 16:22-24 NERV

तिमीहरूसँग पनि ठीक त्यस्तै हुनेछ। अहिले तिमीहरू दुःखीछौ। तर म तिमीहरूलाई फेरि देख्नेछु र तिमीहरू खुशी हुनेछौ। अनि कसैले पनि तिमीहरूको खुशी खोसेर लानेछैन। त्यस दिन तिमीहरूले मलाई केही पनि सोध्ने छैनौ। म तिमीहरूलाई साँच्चो भन्दछु। मेरो नाममा जे मागे पनि मेरा पिताले तिमीहरूलाई दिनुहुनेछ। तिमीहरूले अझ सम्म मेरो नाममा केही पनि मागेकै छैनौ। माग अनि तिमीहरूले पाउनेछौ। अनि तिमीहरूको आनन्द पूर्ण हुनेछ।