YouVersion लोगो
खोज आइकन

यूहन्नाको सुसमाचार 15:2-6

यूहन्नाको सुसमाचार 15:2-6 NERV

म मेरो प्रत्यके हाँगा जसमा फल फल्दैन त्यो उहाँले काटिनदिनु हुन्छ। अनि उहाँले प्रत्येक हाँगाहरू छाँस्नु र सफा गर्नुहुन्छ ताकि त्यसले फल फलाउन, सकोस्; त्यसो गर्दा यसले अझ बढता फल दिनेछ। मेरो उपदेशको कारणले गर्दा तिमीहरू पहिल्यै शुद्ध भइसकेकाछौ। मभित्र बस, म तिमीहरूभित्र रहनेछु। कुनै पनि एक्लो हाँगाले फल दिंदैन। त्यो मूल बोटमा अतर्निहित भएको हुनै पर्छ। तिमीहरूसँग पनि यही कुरा लागू हुँदछ। तिमीहरू एक्लै फल फलाउन सक्तैनौ। तिनीहरू ममा हुनु पर्छ। “म दाखको बोट हुँ र तिमीहरू त्यसका हाँगाहरू हौ। यदि जो कोही ममा रह्यो भने त्यसले धेरै फल दिनेछ। किनभने म बिना तिमीले केही गर्न सक्तैनौ। यदि कोही ममा रहँदैन भने तब ऊ त्यो हाँगा जस्तो हुन्छ जो फ्याँकिएर जान्छ। त्यो हाँगा मर्दछ। मानिसहरूले त्यस्तो मरेको हाँगाहरू टिपेर आगोमा हालिदिन्छन् र तिनीहरू जल्छन्।

यूहन्नाको सुसमाचार 15:2-6 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति