YouVersion लोगो
खोज आइकन

यूहन्नाको सुसमाचार 11:17-44

यूहन्नाको सुसमाचार 11:17-44 NERV

येशू बेथानीमा आइपुग्नु भयो। त्यहाँ येशूले लाजरस पहिल्यै मरिसकेको र चार दिन देखि चिहानमा परेको चाल पाउनु भयो। बेथानी यरूशलेमको नजीक प्रायः तीन किलोमीटर टाढामा थियो। धेरै यहूदीहरू मार्था र मरियम कहाँ आएका थिए। यहूदीहरू उनीहरूलाई भाइ लाजरसको मृत्युमा सान्तवना दिनलाई आएका थिए। मार्थाले सुनी कि येशू तिनीहरूलाई भेट्न आई रहनु भएकोछ। तिनी येशूलाई अभिनन्दन गर्नु गइन्। तर मरियम चाँहि घरमा नै बसी। मार्थले येशूलाई भनी, “प्रभु, यदि तपाईं यहाँ हुनु भएको भए, मेरा भाइ मर्ने थिएन। तर अहिले पनि म जान्दछु कि तपाईंले परमेश्वरसँग जे मागे पनि उहाँले तपाईंलाई दिनु हुनेछ।” येशूले भन्नुभयो, “तिम्रो भाइ जीउँदो हुनेछ।” मार्थाले उत्तर दिइन, “म जान्दछु कि ऊ फेरि जाग्ने छ र जीउँदो हुनेछ जब मानिसहरू अन्तिम दिनमा पुनरूत्थान हुनेछन्।” येशूले उनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ। जुन मानिसले ममा विश्वास गर्दछ ऊ मरे पनि उसले जीवन पाउने छ। अनि जुन मानिस ममा बाँच्छ अनि ममा विश्वास गर्छ उ वास्तवमा कहिल्यै मर्ने छैन। मार्था, तिमी यसमा विश्वास गर्छ्यौ?” मार्थाले उत्तर दिई, “हो, प्रभु म विश्वास गर्छु तपाईं नै ख्रीष्ट हुनुहुन्छ, परमेश्वरको पुत्र। तपाईं मात्र एक हुनुहुन्छ जो संसारमा आउनु भएको थियो।” मार्थाले त्यसो भनी सके पछि उनी आफ्नो बहिनीकहाँ गईन् अनि गुप्तरूपमा मार्थाले मरियमलाई भनी, “गुरुज्यू यहाँ हुनहुन्छ। उहाँले तिमीलाई सोधी रहुनभएकोछ।” जब मरियमले त्यस्तो सुनी, तिनी जुरूक्क उठिन् र येशूकहाँ गईन। येशू गाँउ भित्र आइसक्नु भएको थिएन। उहाँ अझ सम्म त्यही ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्थासँग भेट भएको थियो। यहूदीहरू मरियमसँग घरमा थिए। तिनीहरूले उनलाई सान्त्वना दिइरहेका थिए। तिनीहरूले मरियमलाई छिट्टै उठेर गएको देखे। तिनीहरूले सोचे कि तिनी लाजरसको चिहानमा गएकी हुन्। तिनीहरूले सोचे कि उनी त्यहाँ रून गएकी हुन्। तिनीहरूले उनलाई पछ्याए। मरियम त्यस ठाउँमा गइन् जहाँ येशू हुनुहुथ्यो। जब उनले येशूलाई देखिन् उनले झुकेर चरणमा ढोगिन्। मरियमले भनिन्, “हे प्रभु, यदि तपाईं त्यहाँ हुनु भएको भए, मेरा भाइ मर्ने थिएन।” येशूले मरियमलाई रोएकी देख्नु भयो। येशूले उनको पछि यहूदीहरू आइरहेको देख्नु भयो। तिनीहरू पनि रोई रहेका थिए। येशू एकदम उदास अनि विचलित हुनु भयो। येशूले सोध्नुभयो, “तिमीले उसलाई कहाँ राखेकाछौ।” तिनीहरूले भने, “प्रभु, आउनु होस् अनि हेर्नुहोस्।” येशू रुनुभयो। अनि यहूदीहरूले भने, “हेर! येशूले लाजरसलाई खुबै माया गर्नु हुन्थ्यो।” तर कोही यहूदीहरूले भने, “येशूले अन्धा मान्छेको आँखा निको पारिदिनु भयो। के उहाँले उसलाई बचाँउन केही गर्न सक्नु हुने थिएन उसलाई मर्नुबाट रोक्न हुने थिएन?” येशू फेरि हृदयभित्रबाट अति शोकित हुनुभयो। येशू चिहानमा जानु भयो जहाँ लाजरसलाई राखिएको थियो। चिहान ओडार जस्तो बनाइएको थियो जो ढुङ्गाले ढाकिएको थियो। येशूले भन्नुभयो, “ढुङ्गा हटाऊ।” मार्थाले भनिन्, “तर प्रभु लाजरस मरेको चार दिन भइसक्यो तपाईंलाई नराम्रो गन्ध आउनेछ।” मार्था लाजरसको बहिनी थी। तब येशूले मार्थालाई भन्नुभयो, “के मैले तिमीलाई भनेको थिइन? कि यदि तिमाले विश्वास गरयौ भने परमेश्वरको महिमा देख्नेछौ?” तब तिनीहरूले प्रवेशद्वारको ढुङ्गा हटाई दिए। तब यशूले आफ्ना आँखा उठाउनु भयो र भन्नुभयो, “पिता, तपाईंले मलाई सुन्नु भएकोमा म धन्यवाद प्रकट गर्छु। म जान्दछु कि तपाईंले सधैँ मलाई सुन्नुहुन्छ। तर मैले यो कुराहरू भनें किनभने मानिसहरू मेरो वरिपरि छन्। म तिनीहरूलाई विश्वास दिलाउन चाहन्छु। कि तपाईंले मलाईं पठाउनु भएको हो।” येशूले यति भनिसकेपछि उहाँले जोड आवाजमा डाक्नुभयो, “लाजरस निस्क, बाहिर आऊ!” मृत मान्छे बाहिर निस्क्यो। उसका हात र खुट्टाहरू मलमलका लुगाका टुक्राहरूले बेह्रिएका थिए। उसको अनुहार रूमालले ढाकिएको थियो। येशूले मानिसहरूलाई भन्नुभयो, “उसको लुगाहरू कात्रो खोलिदेउ र उसलाई जान देऊ।”