YouVersion लोगो
खोज आइकन

यशैयाको पुस्तक 23

23
सोरलाई परमेश्वरको सन्देश
1सोरको विषयमा शोक सन्देश:
जहाजहरूमा भएका मानिसहरूलाई सूचना दिइयो:
“हे तर्शीशका जहाजहरू हो! शोक मनाऊ!
तिमीहरूको बन्दरगाह ध्वंश गरिएकोछ।”
2हे समुद्र नजिकका वासिन्दाहरू हो, तिमीहरू रोकिनु पर्छ र दु:खी हुनु पर्छ।
त्यस शहरले व्यापारीहरू समुद्र पारि पठाउँथ्यो
र ती मानिसहरू धनी भए।
3ती यात्रीहरू समुद्री यात्रा गर्दै अन्नहरू खोज्दै बेच्थे।
ती मानिसहरूले सोरबाट अन्नहरू ल्याऊँछन्,
जुन नील नदी छेउमा उब्जन्थ्यो,
र तिनीहरूले त्यसलाई अन्य राज्यहरूमा बेच्दै छन्।
4सीदोन, तिमी अत्यन्त दु:खीत हुनुपर्नेछ।
किनभने अब समुद्र अनि समुद्रका किल्ला यसो भन्दछ,
“मेरा नानीहरू छैनन्।
मसित प्रसव पीडाको अनुभव छैन।
मैले नानीहरूलाई जन्म दिएको छैन।
मैले जवान मानिसहरू र स्त्रीहरू पालेको छैन।”
5मिश्रले सोरको बारेमा खबर सुन्ने छ।
यो खबरले मिश्रलाई घात गर्दै दु:खी पार्नेछ।
6हे जहाजहरू! तर्शीशमा फर्क।
हे मानवहरू, समुद्रको छेउमा बसेर तिमीहरूले विलाप गर्नुपर्नेछ।
7अतीतमा तिमीहरूले सोरको शहरमा आनन्द गर्यौ।
त्यो शहर शुरूदेखि नै बढिरहेकोछ।
त्यस शहरका मानिसहरू व्यवस्थित हुनको लागि धेरै टाढा यात्रा गरेकाछन्।
8सोर शहरले धैरे अगुवाहरू जन्मायो।
त्यस शहरका व्यापारीहरू राजकुमारहरू जस्ता छन्।
मानिसहरू जसले किन-बेच गरे उनीहरूलाई चारैतिर स्वागत र सम्मान भयो।
यसकारण कसले सोरको विरूद्ध षडयन्त्र गर्यो?
9उहाँ सेनाहरूका परमप्रभु हुनुहुन्छ।
उहाँले तिनीहरूलाई
महत्व नदिने निर्णय गर्नु भयो।
10हे तर्शीशका जहाजहरू! आफ्नै देशमा फर्केर जाऊ।
सानो नदी सम्झेर समुद्र पार गर,
अब कसैले पनि तिमीहरूलाई रोक्ने छैन।
11परमप्रभुले समुद्र तर्फ आफ्ना हातहरू फैलाउँनु भयो
अनि परमप्रभुले सोरको विरूद्ध युद्ध गर्नलाई
राज्यहरू भेला गर्नुभयो।
परमप्रभुले कनानलाई सोरको सुरक्षाको ठाउँ नष्ट पार्नलाई आज्ञा गर्नुभयो।
12परमप्रभुले भुन्नुहुन्छ, “हे सीदोनकी कन्यकेटीहरू, तिमीहरू नष्ट हुनेछौ।
तिमीहरू पटक्कै आनन्दित हुने छैनौ।
तर सोरका मानिसहरू भन्दछन्, कित्तिमहरूले हामीलाई साथ दिनेछ!
तर तिमीले समुद्र पार गरेर कित्तिम पुग्यौ भने, तिमीहरूले त्यहाँ आराम गर्ने ठाउँ समेत पाउने छैनौ।”
13यसैले सोरका मानिसहरू भन्दछन्।
बाबेलका मानिसहरूले हामीलाई साथ दिनेछन्!
तर कल्दीहरूको देशलाई हेर! बाबेल देश अब देश रहेन।
अश्शूरहरूले बाबेलमाथि आक्रमण गरेर युद्धका मचानहरू निमार्ण गरे।
सिपाहीहरूले ती सुन्दर घरहरूबाट धेरै सम्पत्ति लगेर गए।
अश्शूरले बाबेललाई जङ्गली जानवरहरू बस्ने ठाउँ बनायो।
तिनीहरूले बाबेललाई एउटा खण्डहर (भग्नावशेष) मा परिणत गरे।
14यसैले, दु:खी बन, तर्शीशबाट आएका जहाजहरू,
तिमीहरूका सुरक्षाको ठाउँ अर्थात सोर नष्ट हुनेछ।
15मानिसहरूले सत्तरी बर्ष सम्म सोरलाई बिसर्नेछन्। (अर्थात एउटा राजाको राज्यकाल भरि बिसर्नेछन्।)। सत्तरी बर्ष पछि सोर वेश्यालयको गीत जस्तै हुनेछ।
16“हे पुरूषहरूले छोडेका नारीहरू!
आफ्नो साराङ्गी लेऊ अनि शहरमा हिँड।
आफ्नो गीतका धुन उचित ढङ्गले बजाऊ। आफ्नो गीत गाऊ।
तब तिम्रा पुरूषहरूले सम्भवत तिमीहरूलाई सम्झना गर्नेछन्।”
17सत्तरी बर्षपछि, परमप्रभुले सोरको विषयमा पुनर्विचार गर्नुहुन्छ र उसको निर्णय दिनुहुनेछ। सोरको व्यापार फेरि कायम हुन्छ। सोर पृथ्वीको जम्मै देश वा जातिहरूका लागि एउटा वेश्यालय हुनेछ। 18तर आफूले आर्जन गरेको पैसा सोरले राख्ने छैन्। सोरले व्यापारबाट संचय गरेको पैसा परमप्रभुको लागि राख्नेछ। सोरले त्यो पैसा परमप्रभुको सेवा गर्ने सेवकहरूलाई दिनेछ। यसकारण अघाईजेल सम्म परमप्रभुका सेवकहरूले खानेछन, सुन्दर र राम्रा लुगाहरू लगाउनेछन्।

अहिले सेलेक्ट गरिएको:

यशैयाको पुस्तक 23: NERV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्