मैले यी कुराहरू सुनें, अनि मेरो शरीर काम्न थाल्यो। मैले जोडसँग सुस्केरा हालें। मैले मेरो हड्डीहरू एकदमै कमजोरी भएको अनुभव गरें। म त्यहाँ थर-थर काम्दै उभिरहें। यसकारण जब शत्रुहरू मानिसहरूलाई आक्रमण गर्न आउँछन्, म विनाशको दिन धैर्यताका साथ पर्खिरहनेछु। चाहे नेभाराको रूखमा फल लागोस् अथवा नलागोस्, दाखको बोटमा फल लागोस् अथवा नलागोस्, भद्राक्षको बोटमा फल लागोस् अथवा नलागोस्, अन्न भुमिमा उम्रियोस् अथवा नउम्रियोस्, खोरमा केही भेंडाहरू होस् अथवा नहोस्, गोठहरूमा केही गाईहरू होस् अथवा नहोस्। तर म अझै परमप्रभुमा आनन्दित रहने छु। म मेरो उद्धारकर्ता परमेश्वरमा रमाउनेछु। परमप्रभु जो मेरा मालिकले मलाई बल दिनुहुन्छ, उहाँले मलाई हरिण जस्तै दगुर्नमा मलाई सहायता गर्नु हुन्छ। उहाँले मलाई सुरक्षासँग पहाडमा चढाउँनु हुन्छ।
हबकूकको पुस्तक 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हबकूकको पुस्तक 3:16-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू