फिरऊन र तिनका सबै पदाधिकारीहरूलाई यो योजना राम्रो लाग्यो। त्यसपछि उनले तिनका सबै पदाधिकारीहरूलाई सोधे, “के परमेश्वरको आत्मा त्यो व्यक्तिभित्र रहेको कुनै व्यक्ति हामी भेट्न सक्छौ? सक्दैनौ?” यसर्थ फिरऊनले यूसुफलाई भने, “जब परमेश्वरले तिमीलाई यी सबै कुराहरू बुझ्ने बनाउनु, भयो, यस ठाउँमा तिमी जस्तो ज्ञानी तथा बुद्धिमानी कोही पनि छैन। तिमी नै एक जना हौ जो यस देशको राज्यपाल हुन सक्ने अनि मेरा सबै मानिसहरूले तिम्रो कुरा सुन्ने छन् तिमी जे भन्छौ, आज्ञा पालन गर्नेछन्। म मात्र एकजना व्यक्ति हुनेछु जो तिमी देखि माथि रहनेछु।” तब फिरऊनले यूसुफलाई फेरि भने, “मैले तिमीलाई समस्त मिश्र देशको राज्यपाल बनाएको छु।” अनि फिरऊनले आफ्नो राजकीय मुकुटको छाप भएको औंठी यूसुफलाई दिए, उसलाई राम्रो रेशमी लुगा लगाई दिए अनि फिरऊनले उसको गलामा सुनको एउटा सिक्री लगाई दिए। जब तिनिहरू रथको परेडमा चढे। फिरऊनले यूसुफलाई आफ्नो रथको पछाडी राखे अनि “यूसुफलाई बाटो देऊ” भन्दै कराउँदै हिँडे त्यसरी फिरऊनले यूसुफलाई सम्पूर्ण मिश्रदेशको राज्यपाल बनाए। राजा फिरऊनले तिनलाई भने, “म फिरऊन राजा हुँ। तिम्रो अनुमति बिना मिश्र देशको भूमिमा कसैले पनि हात अथवा खुट्टा हाल्न पाउने छैन।” त्यसपछि फिरऊनले उनलाई अर्को नाउँ साप्नत-पानेह दिए। फिरऊनले उसको विवाह आसनत नाउँ भएकी आइमाईसित गराए जो ओन शहरका पूजाहारी पोतीफरकी छोरी थिइ। यस प्रकार यूसुफ समस्त मिश्र देशका राज्यपाल भए। मिश्र देश भरी भ्रमणमा निस्के। जब यूसुफले मिश्रका राजाको सेवा गर्न शुरू गरे। यूसुफ तीस बर्षका हुँदा निस्के अनि सारा मिश्र देशको भ्रमण गरे। सहकालको सात बर्षको समयसम्म देशमा राम्रो उब्जनी भयो। अनि तिनले ती बर्षहरूमा अन्नहरू जोगाएर शहरहरूमा जम्मा गरे। प्रत्येक शहरमा त्यस शहरको वरिपरिको भूमिबाट उब्जिएको अन्न जम्मा गराए। समुद्रको बालुवाको थुप्रो झैं अन्न यूसुफले थुपारे। तिनले थुपारेको अन्न यति विध्न थियो ओजन गर्न असम्भव थियो। यूसुफकी पत्नी आसनत थिइन् अनि तिनी ओन शहरका पूजाहारी पोतीफेराकी छोरी थिइन। अनिकाल लाग्न दुइ बर्ष अघाडि यूसुफ र आसनतका दुइ छोराहरू जन्मे। यूसुफले आफ्नो पहिलो छोरोको नाउँ मनश्शे राखे। यूसुफले उसको यस्तो नाउँ राखे कारण उनले भने, “मैले जति कष्ट पाएको थिएँ परमप्रभुले सबै देख्नु भयो र मेरो घरको सम्झना पनि विर्साइ दिनु भयो।” तिनले आफ्नो दोस्रो छोरोको नाउँ एप्रैम राखे। तिनले उसको नाउँ यस्तो राखेको कारण बताए, “परमेश्वरले मलाई सफल तुल्याउनु भयो, जुन ठाउँमा मैले कष्ट भोगें।” सात बर्षसम्म मानिसहरूले जति चाहान्थे खाने अन्न पाए तर त्यसपछि ती बर्षहरू बिते। अनि यूसुफको भविष्यवाणी अनुसार नै सात बर्षको अनिकाल शुरू भयो। यस देशहरूका सबै अंञ्चलहरूमा खाद्यको अभाव भयो। तर मिश्रमा अन्न प्रचूर थियो। यस्तो भएको कारण यूसुफले अन्न जम्मा गरेर राखेका थिए। जब अनिकाल शुरू भयो मिश्रका मानिसहरूले फिरऊनलाई अन्नको दावी गरे अनि तिनले आफ्नो देशका मानिसहरूलाई भने, “यूसुफकहाँ जाऊ अनि सोध के गर्नु पर्छ।” प्रत्येक ठाउँमा अनिकाल चलिरहेको थियो। यसर्थ यूसुफले मानिसहरूलाई गोदामबाट अन्न दिए। तिनले जोगाएर राखेको अन्न मिश्र देशका मानिसहरूलाई बेचे। मिश्र देशमा नै घोर अनिकाल लाग्यो। प्रत्येक यूसुफकहाँ अन्न किन्न आए, किनभने अनिकाल सबै ठाउँमा भयंकर थियो।
उत्पत्तिको पुस्तक 41 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्तिको पुस्तक 41:37-57
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू