एज्राको पुस्तक 2
2
फर्कि आएका कैदिहरूको सूची
1त्यस प्रदेशका यी मानिसहरू कैदबाट फर्केका थिए। जसलाई बाबेलका राजा नबूकदनेस्सरले कैदी बनाएर बाबेलमा लगेका थिए। तिनीहरू प्रत्येक आफ्नै शहर यरूशलेम अनि यहूदामा फर्किए। 2यी मानिसहरू ती हुन्: यरूबाबेल, येहूअ, नहेम्याह, सरायाह, रेलायाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्बै अनि रहूम अनि बानाह। साथ थिए। इस्राएलीहरू जो एक साथ फर्कि आएका थिए ती पुरूषहरूको नामको सूची यही होः
3परोशका सन्तानहरू | 2,172 |
4शपत्याहका सन्तानहरू | 372 |
5आरहका सन्तानहरू | 775 |
6पहत-मोआबका सन्तानहरू येशूअ अनि योआब परिवारबाट | 2,812 |
7एलामका सन्तानहरू | 1,254 |
8जत्तू का सन्तानहरू | 945 |
9जक्कैका सन्तानहरू | 760 |
10बानीका सन्तानहरू | 642 |
11बेबैका सन्तानहरू | 623 |
12अज्गादका सन्तानहरू | 1,222 |
13अदोनीकामका सन्तानहरू | 666 |
14बिग्गैका सन्तानहरू | 2,056 |
15आदीनका सन्तानहरू | 454 |
16आतेरका सन्तानहरू हिजकियाका परिवारबाट | 98 |
17बेजैका सन्तानहरू | 323 |
18योराका सन्तानहरू | 112 |
19हाशूमका सन्तानहरू | 223 |
20गिब्बारका सन्तानहरू | 95 |
21बेतलेहेमका सन्तानहरू | 123 |
22नतोपाहका मानिसहरू | 56 |
23अनातोतका मानिसहरू | 128 |
24बेत-अज्माबेतका मानिसहरू | 42 |
25किर्यात-आरीम, कपीरा अनि बेरोतका मानिसहरू | 743 |
26रामा अनि गिबा शहरका मानिसहरू | 621 |
27मिक्मासका मानिसहरू | 122 |
28बेतेल अनि ऐका मानिसहरू | 223 |
29नेबोका मानिसहरू | 52 |
30मग्बीशका मानिसहरू | 156 |
31अर्कोशहर एलाम का मानिसहरू | 1,254 |
32हारीम शहरका मानिसहरू | 320 |
33लोब, हादीद अनि ओनो का मानिसहरू | 725 |
34यरीहो का मानिसहरू | 345 |
35सेनाह शहरका मानिसहरू | 3,630 |
36यी पूजाहारीहरूः
यदायाहका सन्तानहरू योशूअका घरबाट | 973 |
37इम्मेरका सन्तानहरू | 1,052 |
38पहशूरका सन्तानहरू | 1,247 |
39हारीमका सन्तानहरू | 1,017 |
40लेवीहरूः
येशूअ अनि कदमीएलका होदबियाहका सन्तानहरू | 74 |
41गायकहरूः
आसापका सन्तानहरू | 128 |
42मन्दिरका द्वारपालहरूका सन्तानः
शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता, अनि शोबैका सन्तानहरू। | 139 |
43यिनीहरू मन्दिरका सेवकहरूः
सीहाका सन्तान, हसूपका सन्तान र तब्बाओतका सन्तानहरू।
44केरोसका सन्तान, सीआका सन्तान र पादोनका सन्तानहरू।
45लबानका सन्तान, हगाबाका सन्तान र अक्कूबका सन्तानहरू।
46हागाबका सन्तान, शल्मैका सन्तान र हानानका सन्तानहरू।
47गिदूदेलका सन्तान, गहरका सन्तान र रायाका सन्तानहरू।
48रसीनका सन्तान, नकोदका सन्तान र गज्जामका सन्तानहरू।
49उज्जाका सन्तान, पासेदका सन्तान र बेसैका सन्तानहरू।
50अस्नाका सन्तान, मेनिमका सन्तान र नोपिसीमका सन्तानहरू।
51बक्बूकका सन्तान, हकूपाका सन्तान र हर्हुरका सन्तानहरू।
52बस्लूतका सन्तान, महीदका सन्तान र हर्शाका सन्तानहरू।
53बर्कोसका सन्तान, सीसराका सन्तान र तेमहका सन्तानहरू।
54नसीहका सन्तान अनि हतीपाका सन्तानहरू।
55सुलेमानका सेवकहरूका सन्तानहरूः
सोतैका सन्तान र हस्सोपेरेतका सन्तान अनि परूदाका सन्तानहरू।
56यालाका सन्तान, दर्कोनका सन्तान र गिददेलाका सन्तानहरू।
57शपत्याहका सन्तान, हत्तीलका सन्तान र पोकरेत हसबायीमका सन्तान अनि आमीका सन्तानहरू
58समस्त मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूको संख्या 392 थियो।
59निम्न लिखित मानिसहरू तेल-मेलह, तेल-हर्शा, करूब, आदान अनि एम्मेर शहरहरूबाट यरूशलेममा आएका हुन्, तर तिनीहरूका आफ्ना परिवार अनि छोरा-छोरीहरू इस्राएलका थिए भनी प्रमाण दिन सकेनन्।
60दलायाहका सन्तान, तोबियाहका सन्तान, अनि नकोदका सन्तानहरू | 652 |
61अनि पूजाहारीहरूका परिवारः
हबायाहका, सन्तानहरू, हक्कोसका सन्तान अनि बर्जिलैका सन्तानबाट (एक व्यक्ति जसले गिलादी बर्जिलैका छोरीलाई विवाह गरेका थिए, अनि तिनीहरू कै नाउँद्वारा सम्बोधन गरिथ्यो।)
62यी मानिसहरूले तिनीहरूको परिवारिक इतिहास खोजे तर तिनीहरूले पाउन सकेनन्। यसैकारणले तिनीहरूले पूजाहरीगिरी हुनबाट अशुद्ध झैं निकालिदिए। 63राज्यपालले तिनीहरूलाई भने कि जब सम्म ऊरीम अनि तुम्मिम उपयोग गर्न सक्ने पूजाहारी त्यहाँ हुँदैन। कुनै पनि महा-पवित्र चीज तिनीहरूले खान सक्ने छैनन्।
64-65जन समुहका तिनीहरूका सेवक सेविकाहरू 7,337 पुरूष सेवक अनि स्त्री सेविकाहरू बाहेक जम्मा 42,360 मानिसहरू थिए। अनि तिनीहरू सित 200 पुरूष र स्त्री गायक-गायिकाहरू पनि थिए। 66-67तिनीहरूका। 736 घोडाहरू, 245 खच्चरहरू, 435 ऊँटहरू अनि 6,720 गधाहरू थिए।
68सन्तानका केहि अगुवाहरू, जब यरूशलेम मा परमप्रभुको मन्दिरमा आइपुगे। त्यो स्थानमा परमेश्वर को मन्दिरलाई पुनःर्निर्माण गर्न स्वेच्छाले भेटीहरू प्रदान गरे। 69तिनीहरूको योग्यतानुसार तिनीहरूले, यस कार्यका निम्ति कोष-भण्डारलाई 500 किलो ग्राम सुन, 3,000 किलो ग्राम चाँदी, अनि पूजाहारीको निम्ती 100 अङ्ग वस्त्रहरू दिए।
70पूजाहारीहरू, लेवीहरू, केहि अन्य मानिसहरू, गवैयाहरू, द्वारपालहरू अनि मन्दिरका सेवकहरू आफ्ना शहरहरूमा बस्थे अनि सबै इस्राएलीहरू आफ्ना शहरहरूमा बस्थे।
अहिले सेलेक्ट गरिएको:
एज्राको पुस्तक 2: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International