इजकिएलको पुस्तक 42
42
पूजाहारीहरूको कोठा
1तब त्यो मानिसले मलाई बाहिरी चोकमा लिएर गयो जो उत्तरतिर फर्केको थियो। उसले ती कोठाहरूमा लिएर गयो जुन भवनको चोकको पारिपट्टि थियो। 2भवनको 100 हात लामो अनि 50 हात चौंडा थियो। मानिसहरू यसको उत्तर पट्टिको आँगनबाट प्रवेश गर्थे। 3भवन तीन तला अग्लो अनि बरण्डाहरू थिए। भवन अनि मन्दिरको बीचमा भित्री आँगन 20 हात लामो थियो। अर्कोपट्टि कोठा बाहिर चोकको ढुङ्ग ओछ्याएको पिडीतिर फर्केका थियो। 4त्यस कोठाको अर्को तिर एउटा लामो भित्री बाटो थियो। त्यो भित्र पुग्थ्यो। यो दश हात चौंडा, एक सय हात लामो थियो। यो भवनको उत्तर पट्टि थियो। 5-6माथिको कोठा अत्यन्तै साँघुरो थियो किनकि बरण्डाले बीच अनि तल्लो तलाको भन्दा बेशीठाँउ ओगटेको थियो। कोठा तीन तलामाथि थियो। बाहिरी चोकको जस्तै त्यसको स्तम्भ थिएन। यसकारण माथिल्लो कोठा बीचको कोठा अनि तल्लो तलाको कोठाहरू भन्दा ज्यादा पछाडी थियो। 7त्यहाँ बाहिर एउटा भित्ता थियो। त्यो कोठाहरूको सामान्तरमा थियो। यो बाहिरी चोक सम्म जान्थ्यो। यो कोठाहरूको छेउ-छेउमा थियो। यो पचास हात बढेको थियो। 8बाहरी चोकपट्टि फर्केको कोठाहरू पचास हात लामो अनि मन्दिर तिर फर्केका कोठाहरू एक सय हात लामा थिए। 9यो कोठाहरूको बीचमा प्रवेशद्वार थियो। जुन बाहिरी चोकबाट पूर्व सम्म जान्थ्यो। 10बाहिरी भित्ताको आरम्भमा दक्षिणपट्टि भवनको चोकको छेउ अनि भवनको भित्ताको बाहिर कोठाहरू थिए।
11यी कोठाहरूको छेउमा एउटा ठूलो द्वार थियो। त्यो उत्तर कोठाहरूको छेउमा थियो। दक्षिणको द्वारको लम्वाई, चौंडाइ त्यति नै नापको थियो जति उत्तरको थियो। दक्षिणको नाप द्वार, रूपाकृत्ति अनि प्रवेश द्वारको दृष्टिबाट उत्तरका द्वारहरूको बराबर थियो। 12दक्षिणी कोठाहरूको तल एउटा द्वार थियो यो लामो भित्रीबाटो सम्म पुग्थ्यो। दक्षिणको कोठाको पारी एउटा छुट्याउने पर्खाल थियो।
13त्यस मानिसले मलाई भन्यो, “चोकको पारिपट्टि दक्षिणको कोठाहरू अनि उत्तरको कोठाहरू पवित्र कोठाहरू हुन्। ती पूजाहारीहरूले यी कोठाहरूमा अति पवित्र भोजन खाए। तिनीहरूले महा-पवित्र भेंटी त्यहाँ खाए। किनकि यो स्थान पवित्र हो। महा-पवित्र भेटीहरू यी हुन अन्नबलि, पापबलि र दोषबलि। 14पूजाहारी पवित्र स्थानमा प्रवेश गर्छन। तर बाहिर चोकमा जानु भन्दा पहिला ऊ आफ्नो वस्त्र पवित्र स्थानमा राख्नुपर्छ। किनकि त्यो वस्त्र पवित्र छ। यदि पूजाहारीले चाह्यो भने ऊ त्यो मन्दिरको त्यस ठाँउमा जान सक्छ जहाँ अरूहरू बस्छन्। त्यसैले तिनीहरू त्यो कोठामा जानु पर्छ अनि अरू लुगा लगाउनुपर्छ।”
आँगनको बाहिरी भाग
15त्यो मानिसले जब मन्दिर भित्रको क्षेत्रको नाप लिई सकेको थियो, त्यति बेला त्यो मूल-ढोकाबाट मलाई बाहिर ल्यायो जुन पूर्वपट्टि थियो। उसले बाहिर चारैतिर नाप्यो। 16त्यस मानिसले टाँगोले पूर्वपट्टि नाप्यो। यो पाँच सय हात लामो थियो। 17त्यसले उत्तरपट्टि नाप्यो। त्यो पाँचसय हात लामो थियो। 18उसले दक्षिणपट्टि नाप्यो। त्यो पाँच सय हात लामो थियो। 19त्यो पश्चिम पट्टि गयो अनि त्यहाँ नाप्यो। त्यो पाँच सय हात लामो थियो। 20उसले मन्दिरको चारै पट्टि नाप्यो। त्यो भित्ता चारैतिर गएको थियो। भित्ता पाँच सय हात लामो अनि पाँच सय हात चौंडाको थियो। यसले पवित्र क्षेत्रलाई अपवित्र क्षेत्रबाट अलग राखेको थियो।
अहिले सेलेक्ट गरिएको:
इजकिएलको पुस्तक 42: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International