मोशा पर्वतबाट तल नओर्लेको धेरै दिन भइसकेको मानिसहरूलाई थाहा भयो। यसर्थ मानिसहरूले हारूनलाई वरिपरि घेरेर भने, “हेर, मोशाले हामीलाई अगुवाई गरी मिश्रबाट बाहिर लिएर आउनु भयो। हामीलाई थाहा छैन तिनलाई के भयो। यसर्थ हाम्रो अगुवाई गर्न हाम्रोलागि केही देवताहरू बनाऊ।” हारूनले तिनीहरूलाई भने, “तिमीहरूकी आफ्नी पत्नीहरू अनि छोरीहरूले कानमा लगाएका सुनको कुण्डलहरू मकहाँ ल्याऊ।” यसकारण सबै मानिसहरूले कानका सुनको कुण्डलहरू जम्मा गरे अनि हारून कहाँ ल्याए। हारूनले तिनीहरूबाट सुन लिए, पगालेर यसको एउटा बाछोको मूर्ति बनाए अनि उनले यसलाई सुनले मोहरी दिए। तब मानिसहरूले भने, “हे इस्राएल यिनीहरू तिमीहरूको देवताहरू हो जसले तिमीहरूलाई मिश्र बाहिर ल्याए।” हारूनले यी सब देखे अनि तिनले बाछाको अघि एउटा वेदी बनाए। त्यसपछि तिनले घोषणा गरे, “परमप्रभुको सम्मानमा भोलि एक विशेष चाड़ मनाइनेछ।”
प्रस्थानको पुस्तक 32 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थानको पुस्तक 32:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू