मानिसहरूले मोशालाई धेरै दिनसम्म पर्वतबाट नओर्ली ढिलो गरेको देखेर हारूनका चारैतिर भेला भएर तिनलाई भने, “हामीलाई मिश्रदेशबाट निकाली ल्याउने मोशालाई के भयो, हामी जान्दैनौं र अब हाम्रो अगुवाइ गर्न एउटा देवता बनाइदेऊ।” हारूनले तिनीहरूलाई भने, “तिमीहरूका स्वास्नी, छोरा-छोरीहरूले कानमा लाएका सुनका कुण्डलहरू फुकालेर मकहाँ ल्याओ।” तब सबै मानिसहरूले आफ्ना कानका सुनका कुण्डलहरू हारूनकहाँ ल्याए। हारूनले ती कुण्डलहरू गलाए र सुनलाई एउटा साँचोमा ढाले अनि एउटा बाछो बनाए। मानिसहरूले भने, “हे इस्राएली हो! हामीलाई मिश्रबाट निकाली ल्याउने देवता यिनै हुन्।” तब हारूनले सुनको बाछोको अघि एउटा वेदी बनाएर भने, “भोलि परमप्रभुको आदरमा एउटा चाड मनाइनेछ।”
प्रस्थान 32 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 32:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू