YouVersion लोगो
खोज आइकन

प्रस्थानको पुस्तक 14:1-12

प्रस्थानको पुस्तक 14:1-12 NERV

तब परमप्रभुले मोशालाई भन्नु भयो, “इस्राएलीहरूलाई पी-हहीरोत फर्की जानु भन। तिनीहरूलाई भन, मिग्दोल अनि समुद्रको बीचमा बालसपोन कै नजिक छाउनी लगाऊ। फिरऊनले सोच्नेछ इस्राएलका मानिसहरू मरुभूमिमा हराए छन्। अनि उसले सोच्नेछ मानिसहरूको जाने ठाउँ छैन। म फिरऊनलाई अट्टेरी बनाउनेछु अनि उसले तिमीहरूको खेदो गर्नेछ, तर म फिरऊन र उसका सेनाहरूलाई पराजित गराउनेछु। तब मिश्रदेशका मानिसहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ।” इस्राएलका मानिसहरू भागे भन्ने समाचार फिरऊनले थाहा पायो। जब फिरऊन र उसका अधिकारीहरूले पनि यो खबर सुने, तिनीहरूले के गरेका थिए त्यस विषयमा आफ्नो विचार बद्ली गरे। फिरऊनले भने, “हामीहरूले किन इस्राएली मानिसहरूलाई तिनीहरूको दासत्वबाट जान दियौं?” यसर्थ फिरऊनले आफ्नो रथ ठीक पार्यो अनि आफूसँगै आफ्नो मानिसहरूलाई लियो। उसले आफ्नो सर्वश्रेष्ठ मानिसहरूमध्ये 600 जना अनि आफ्नो सारा रथहरू लिए। प्रत्येक रथमा एकजना अधिकारी थिए। इस्राएलका मानिसहरू निडर साथ बढिरहेका थिए, तर परमप्रभुले फिरऊनलाई अट्टेरी बनाइ दिनु भयो, यसर्थ उसले इस्राएलीहरूलाई खेद्‌यो। मिश्री फौजसित धेरै घोडा, सेना अनि रथहरू थिए। तिनीहरूले इस्राएलीहरूलाई खेदे र लाल समुद्रको नजिक बालसिपोनमा जहाँ तिनीहरूले छाउनी लगाएका थिए तिनीहरूलाई पक्रे। इस्राएलीले फिरऊनलाई उसका मिश्रदेशीहरूसित आउँदै गरेको देखे। तिनीहरू साह्रै डराएका थिए अनि तिनीहरूले परमप्रभुलाई गुहार मागे। तिनीहरूले मोशालाई भने, “तिमीले हामीहरूलाई मिश्रबाहिर किन ल्यायौ? मिश्रमा के धेरै चिहानहरू थिएनन्? किन तिमीले हामीलाई मरुभूमिमा मार्न ल्यायौं? हामीले मिश्रमा तिमीलाई भनेका थियौं, ‘यस्तो परी आउनेछ। मिश्रमा हामीले भनेका थियौ कि हाम्रो चिन्ता नगर्नु होस्।’ हामीलाई मिश्रमा बस्न दिनुहोस र मिश्र वासीहरूको सेवा गर्न दिनुहोस। यसरी मरुभूमिमा आएर मर्नु भन्दा त त्यही बसी कमारा-कमारी हुनु नै असल थियो।”