YouVersion लोगो
खोज आइकन

प्रस्थानको पुस्तक 1:15-22

प्रस्थानको पुस्तक 1:15-22 NERV

हिब्रू स्त्रीहरूले नानी जन्माउने समयमा हेरचाह गर्ने त्यहाँ दुइजना सुँडेनीहरू थिए। तिनीहरूको नाउँ शिप्रा र पूआ थियो। मिश्रदेशका राजाले ती दुइ सुँडेनीसँग कुरा गरे। राजाले तिनीहरूलाई भने, “जब तिमीहरूले एउटा हिब्रू स्त्रीहरूलाई नानी जन्माउनमा सहायता गर्नेछौ, यदि छोरी जन्मेछ भने उसलाई बाँच्न देऊ। तर यदि छोरा जन्मिछ भने तब त्यसलाई अवश्य मारिदेऊ।” तर ती सुँडेनीहरूले परमेश्वरलाई सम्मान गर्थे। यसकारण तिनीहरूले राजाको हुकुम पालन नगरी, जन्मेका बालकहरूलाई बाँच्न दिए। तब राजाले ती सुँडेनीहरूलाई बोलाए र तिनीहरूलाई भने, “तिमीहरूले यस्तो किन गर्यौ? तिमीहरूले बालकहरूलाई किन बाँच्न दियौ? यसो किन गर्यौ?” सुँडेनीहरूले फिरऊनलाई उत्तर दिए, “महाराज! हिब्रू स्त्रीहरू मिश्री स्त्रीहरूभन्दा ज्यादै बलिया छन्। हामीहरू तिनीहरूलाई सहायता गर्न पुग्नअघिनै नानी जन्माइसकेका हुन्छन्।” परमेश्वर सुँडेनीहरूसित खुशी हुनुहुन्थ्यो, यसकारण परमेश्वर तिनीहरू प्रति राम्रो हुनुहुन्थ्यो, उहाँले तिनीहरूलाई आफ्नै परिवारहरू बनाउने अनुमति दिनुभयो। हिब्रू मानिसहरूका धैरे नानीहरू हुँदै गए अनि तिनीहरू साह्रै शक्तिशाली भए। यसकारण राजा फिरऊनले आफ्ना सबै मानिसहरूलाई आदेश दिए, “सबै बालिकाहरूलाई बाँच्न देऊ। तर जब प्रत्येक पल्ट बालक जन्मन्छ तिमीहरूले उसलाई नील नदीमा अवश्यै फ्याँक्नु पर्छ।”