YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 1:15-22

प्रस्‍थान 1:15-22 NNRV

तब मिश्रका राजाले शिप्रा र पूआ नाउँ भएका हिब्रू सुँड़ेनीहरूलाई बोलाएर भने, “जब हिब्रू स्‍त्रीहरूले बच्‍चा जन्‍माउँछन्‌ र उनीहरूलाई जन्‍माउने पिरामा हेरचाह गर्छौ, तब छोरो रहेछ भने त्‍यसलाई मार। तर छोरी रहिछ भने त्‍यसलाई जिउँदै राख।” तर सुँड़ेनीहरू परमेश्‍वरसँग डराउँथे, र मिश्रका राजाले आज्ञा गरेबमोजिम गरेनन्, तर छोराहरूलाई पनि जिउँदै राखे। यसैले मिश्रका राजाले सुँड़ेनीहरूलाई बोलाएर सोधे, “तिमीहरूले छोराहरूलाई किन छोड़्यौ? यसो किन गर्‍यौ?” सुँड़ेनीहरूले फारोलाई भने, “हिब्रू स्‍त्रीहरू मिश्री स्‍त्रीहरूजस्‍ता छैनन्‌। तिनीहरू हट्टाकट्टा छन्, र सुँड़ेनी पुग्‍नुभन्‍दा अघि नै बच्‍चा जन्‍माइसकेका हुन्‍छन्‌।” अनि परमेश्‍वरले सुँड़ेनीहरूमाथि दया देखाउनुभयो, र इस्राएलीहरू संख्‍यामा झन्‌ बढ्‌दैगए र शक्तिशाली भए। सुँड़ेनीहरूले परमेश्‍वरको डर मानेका हुनाले उहाँले तिनीहरूलाई सन्‍तान दिनुभयो। तब फारोले आफ्‍ना सारा प्रजालाई यसो भनेर आज्ञा दिए, “हिब्रूहरूका जति छोरा जन्‍मन्‍छन्‌ तिनीहरू सबैलाई नील नदीमा फालिदिनू, तर छोरीहरू जतिलाई चाहिँ जीवितै राख्‍नू।”