YouVersion लोगो
खोज आइकन

एस्तरको पुस्तक 9:1-22

एस्तरको पुस्तक 9:1-22 NERV

बाह्रौ महीना (अर्थात आदरको महीना) को तेह्रौ दिनमा राजाको आदेश कार्यान्विन् गर्ने दिन आइपुग्यो त्यसदिन तिनीहरूमाथि यहूदीका शत्रुहरूले प्रभुत्व हासिल गर्ने दिनथियो, त्यसलाई उल्टाइयो जब यहूदीहरूले आफूलाई विरोध गर्नेहरू माथि प्रभुत्व हाँसिल गरे। राजा अहासूरसको सवै प्रान्तहरूलाई प्रहार गर्न आफ्ना शहरहरूमा भेला भए। अनि तिनीहरूलाई चोट पुर्याउनेहरूको विरूद्ध युद्ध गर्न भेला भए। कसैले तिनीहरूलाई बाधा दिएनन् किनभने तिनीहरू सित भयभित थिए। अनि प्रान्तहरूका समस्त अधिकारीहरू, हाकिमहरू र राज्यपालहरू अनि ती सबै जसले राजाको निम्ति काम गर्थे। यहूदीहरूलाई सहयोग गरेका थिए। तिनीहरू मोर्दकैसित डराएका थिए। किनभने मोर्दकै राजा महलमा एक मुख्य व्यक्ति थिए, अनि समस्त प्रान्तमा तिनको प्रभाव अनुभव गरिएको थियो किनभने मोर्दकैका धेरै भन्दा धेरै शक्तिशाली मानिसहरू थिए। तब यहूदीहरूले तिनीहरूका शत्रुलाई मारेर नष्ट गरिदिए, तिनलाई तिनीहरूको तरवारहरूले नष्ट गरे। अनि तिनीहरूको विरोध गर्नेहरूसित तिनीहरूलाई जे इच्छा लाग्छ त्यही गरे। अनि शूशनको प्रासाद जिल्लामा यहूदीहरूले 500 मानिसहरूलाई मारे। तिनीहरूले पर्शन्दाता, दल्पोन, अस्पाता, पोराता अदल्या, अरीदाता, पर्मश्ता, अरीशै, अरीदै अनि बैजाता। हम्मदाताका छोरा, यहूदीहरूका शत्रु हामानका दशजना छोराहरूलाई पनि मारे। तर तिनीहरूले कुनै सर-सामान लुटेनन्। त्यस समयमा शूशनको प्रासाद जिल्लामा मारीएका मानिसहरूको संख्या राजालाई बताइयो। अनि राजाले रानी एस्तरलाई भने, “शूशनको प्रासाद जिल्लामा यहूदीहरूले दशजना हामानको छोराहरू लगाएत 500 जना मानिसहरूलाई मारे। राजाका अन्य प्रान्तहरूमा तिनीहरूले के गरे तिमी सुन्न चाहन्छौ? जे सुकै तिमी माग्छौ त्यो दिइने छ। अनि तिमीले अरूनै कुराहरू चाहे पनि त्यो पूरा गरिनेछ।” अनि एस्तरले भनिन्, “यदि राजालाई असल लाग्छ भने शूशनमाबस्ने यहूदीहरूलाई आज तिनीहरूले जे गरे भोली फेरी त्यसै गर्ने अनुमति दिनुहोस् अनि हामानका दशजना छोराहरूलाई फाँसीमा झुण्डयाइयोस्।” फेरि एस्तरले भने अनुसार-राजाले त्यसै गर्ने आदेश दिनु भयो, अनि शूशनमा विधान घोषणा गरियो। तिनीहरूले हामानका दशजना छोराहरूलाई झुण्डयाइदिए। अनि शूशनमा भएका यहूदीहरू फेरी भेला भए आदात महीनाको चौधौं दिनमा शूशनमा तिनीहरूले 300 जना मानिसहरूलाई मारे। तर तिनीहरूले कुनै लुट-पाट गरेनन्। अनि बाँकी अन्य यहूदीहरू, जो राजाका प्रदेशहरूमा बस्थे, आफ्नो जिवनको सुरक्षा गर्न, शत्रुहरूबाट विश्राम पाउन, आफ्ना विरोधीहरू जम्मा 75,000 लाई मार्नका निम्ति एकत्रित भएका थिए। तर तिनीहरूले केही लुट-पाट गरेनन्। यो घटना प्रदेशहरूमा अदार महीना को तेह्रौ दिनमा घट्यो अनि चौधौं दिनमा तिनीहरूले विश्राम लिए। अनि तिनीहरूले त्यस दिन भोज अनि समारोहको दिन तुल्याए। तर यहूदीहरू जो शूशनमा थिए तिनीहरू महिनाको तेरौं अनि चौधौं दिनमा स्वयंलाई रक्षा गर्न एकत्रीत भएका थिए। त्यसपछि तिनीहरूले पन्धौं दिनमा विश्राम गरे त्यसलाई भोज अनि उत्सवको दिन तुल्याए। यसले गर्दा बस्तीतिर शहरहरूमा बस्ने यहूदीहरूले अदार महिनाको चौधौं दिनलाई समारोह अनि भोजको हर्षित दिन तुल्याए अनि हरेकले उपहारहरूको आदान-प्रदान गरे। अनि मोर्दकैले यी घटनाहरूको विषयमा लेखे अनि तिनले राजा अहासूरसका सबै प्रदेशहरू नजिक वा टाढा बस्ने सबै यहूदीहरूलाई पत्र पठाए। तिनले तिनीहरूका निम्ति अदार महिनाको चौधौं अनि पन्ध्रौं दिनलाई बर्षै पिच्छे विदाको रूपमा पालन गर्ने प्रदर्श-रेखा स्थायी गर्नु भनी पत्रमा लेखे। यी विदाहरूलाई त्यो दिन विदाको रूपमा अलग गरियो जब यहूदीहरूले आफ्ना शत्रुहरूबाट विश्रामपाए, त्यो महीना तिनीहरूको शोकबाट खुशीको समारोहमा परिवर्त्तन भयो अनि त्यो दिन तिनीहरूको रूवाई खुशीयालीको दिनमा परिर्वतनभयो। यी दिनहरूलाई भोज अनि समारोहको दिन, उपहार आदन-प्रदान गर्ने दिन, अनि गरीबहरूलाई दान गर्ने दिन तुल्यउन अलग गरियो।