YouVersion लोगो
खोज आइकन

व्यवस्थाको पुस्तक 13:1-3

व्यवस्थाको पुस्तक 13:1-3 NERV

“कुनै एकजना अगमवक्ता अथवा सपना व्याख्या गर्ने मानिस तिमीहरूकहाँ आउन सक्छ। उसले तिमीहरूलाई भन्न सक्छ उसले संकेत अथवा आश्चर्यजनक काम देखाउन सक्छ। उसले भने झैं चिन्ह अथवा आश्चर्यजनक काम साँच्चै हुन सक्छ, तिमीहरूले कहिल्यै नजानेको अन्य देवतालाई उसले मान्न लगाउन सक्छ। उसले भन्न सक्छ, ‘हामी यी देवताहरूलाई पूजा गरौं।’ त्यस मानिसलाई नसुन किनभने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको परीक्षा लिएको हुनसक्छ। यस्तो हुन सक्छ परमप्रभुलाई तिमीहरूको हृदय तथा प्राणले नै मानिरहेका छौ कि छैनौ जान्न जाँच गरिरहनु भएको होला।