पावलले भने, “मेरा दाज्यू-भाइहरू, र पिताहरू मलाई ध्यान दिएर सुन! तिमीहरूका सामु म आफ्नो बचाउको पक्षमा कुरा गर्नेछु।” पावलले यहूदी भाषामा बोलेको यहूदीहरूले सुने। जब पावलले यहूदी भाषा बोलेको यहूदीहरूले सुने तिनीहरू झन चुपचाप बसे। पावलले भने, “म एक यहूदी हुँ। म सिलिसिया प्रदेशको टार्ससमा जन्मेको हुँ। तर म यही शहरमा हुर्किएको हुँ। म गमलीयलको शिष्य थिएँ। उहाँले मलाई हाम्रा पिता पुर्खाहरूका नियम अनुसार कडासँग प्रशिक्षण गराउनु भयो। म परमेश्वरमा अत्यन्त उत्साही छु तिमीहरू जस्तै आज जो यहाँ छौ। जसले येशूको मार्ग अप्नाए तिनीहरूलाई मैले मृत्युको मुख सम्म खेदो गरें। मैले पुरुष र नारीहरूलाई पक्रे अनि जेलमा थुनें। “प्रधान पूजाहारीहरू र सम्पूर्ण बूढा यहूदी अगुवाहरू यसका गवाही छन्। दमीशकका यहूदी दाज्यू-भाइहरूका निम्ति तिनीहरूबाट मैले चिठ्ठी लिएँ। म त्यहाँ पनि येशूका चेलाहरूलाई पक्राउन र तिनीहरूलाई दण्ड दिलाउन यरूशलेम ल्याउन भनि गएको थिएँ। “म दमीशकको बाटो जाँदै गर्दा अचानक एक घट्ना घट्यो। त्यति बेला मध्यान्न भएको थियो जब म दमीशक नजिक पुगेको थिए। अचानक आकाशबाट एक शक्तिशाली ज्योति मेरो वरिपरि चम्कियो। म भूइँमा लडें। मलाई केही भनिरहेको एक आवाज सुनें, ‘शावल, शावल, तिमीले किन मलाई सताइरहछौ?’ “मैले सोधें, ‘तपाईं को हुनुहुन्छ प्रभु?’ त्यस आवाजले भन्यो, ‘म नासरतको येशू हुँ, जसलाई तिमाले सताइरहेछौ।’ मानिसहरू जो मसँग थिए तिनीहरूले ज्योति देखे, तर ती एक मसँग जो बात गर्दै हुनुहुन्थ्यो, त्यो आवाज तिनीहरूले सुनेनन्। “मैले भने, ‘मैले के गर्नु पर्ला प्रभु?’ प्रभुले जवाफ दिनु भयो, ‘उठ अनि दमीशक जाऊ। तिमीले गर्नु पर्ने मैले ठीक गरेको काम त्यहाँ तिमीलाई भनिनेछ।’ मैले केही देख्न सकिन किनभने त्यो तीब्र उज्यालो ज्योतिले मलाई अन्धा बनायो। मसँग भएका मानिसहरूले मलाई मेरो हात समातेर दमीशक लगे। “दमीशकमा एकजना हनानिया नाउँ भएको मानिस थिए। उनी मोशाको व्यवस्था पालन गर्ने श्रद्धालु भक्त थिए। त्यहाँ बस्ने यहूदीहरूले उनलाई सम्मान गर्थे। हननिया मकहाँ आए अनि भने, भाइ शावल! तिम्रो दृष्टि प्राप्त गर! अचानक मैले उनलाई देख्न सकें। “हननियाले भने, ‘हाम्रा पिता पुर्खाहरूका परमेश्वरले तिमीलाई उहाँको इच्छा जान्न, ती धार्मिकतालाई देख्ने अनि उहाँको मुखबाट शब्दहरू सुन्न पहिल्यै चुनिसक्नु भएको थियो। सबै मानिसहरूका निम्ति तिमी उहाँको गवाही बन्नेछौ। तिमीले उनीहरूलाई आफूले देखेका र सुनेका कुराहरू भन्नेछौ। अब तिमी बेसी नपर्ख। उठ, उहाँको नाउँमाथि विश्वास गरेर बप्तिस्मा लेऊ र तिम्रा पापहरू पखाल।’ “त्यसपछि, म यरूशलेम फर्कें। जब म मन्दिरमा प्रार्थना गरिरहेको थिएँ मैले एक दर्शन पाँए। मैले येशूलाई देखें र उहाँले मलाई भन्नुभयो, ‘झट्टै गर, यरूशलेम छोडीहाल तुरन्तै किनभने मानिसहरूले मेरो विषयमा तिमीले दिएको गवाही स्वीकार्ने छैनन्।’ “मैले भने, ‘तर प्रभु, मानिसहरूले जान्दछन् कि म नै एक हुँ जो तपाईंको विश्वासीहरूलाई सभाघरहरूभित्र पक्रन र कुट्न गएँ। मानिसहरूले यो पनि जान्दछ कि तपाईंको गवाही, स्तिफनसको जब रगत बग्यो, म त्यहाँ पनि त्यस काण्डमा सहयोग गर्दै उनलाई मार्नेहरूको लुगाहरू रूँगेर बसेको थिंएँ।’ “तर येशूले मलाई भन्नुभयो, ‘गई हाल तुरून्तै तब म तिमीलाई टाढा गैर-यहूदीहरू भएकोमा पठाउने छु।’”
प्रेरितहरूका काम 22 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरितहरूका काम 22:1-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू