YouVersion लोगो
खोज आइकन

शमूएलको दोस्रो पुस्तक 18:1-18

शमूएलको दोस्रो पुस्तक 18:1-18 NERV

दाऊदले आफ्ना मानिसहरू गने। तिनले ती मानिसहरूलाई नेतृत्व गर्न 1,000 र 100 को माथि कप्तानहरू छाने। दाऊदले मानिसहरूलाई तीन भागमा छुट्याए। अनि दाऊदले मानिसहरू पठाए। योआबको एक तिहाइ सैनिकहरूलाई नेतृत्व गरे। अर्को तीन भागको एक तिहाई सैनिकहरू योआबका सानो भाइ अबीशैको अधिकारमा थिए अनि तीन भागको अन्तिम तिहाई ईत्तैबाटका गित्तीको अधिकारमा थिए। राजा दाऊदले मानिसहरूलाई भने, “म पनि तिमीहरूसित जानेछु।” तर मानिसहरूले भने, “होइन! तपाईं हामीसित नजानुहोस्। कारण के हो भने, यदि हामी युद्धभूमिबाट विमुख भयौं भने अब्शालोमका मानिसहरूलाई प्रभाव पर्दैन। यदि हामी आधा नै मर्यौ भने पनि त्यत्ति फरक पर्दैन। तर तपाईं 10,000 को संख्याका हामीभन्दा महत्वपूर्ण हुनुहुन्छ। तपाईं यही शहरमा बस्नु भए असल हुन्छ। यदि हामीलाई दरकार पर्यो भने सहयोग पुर्याउनुहोस्।” राजाले मानिसहरूलाई भने, “तिमीहरूलाई जे राम्रो लाग्छ म त्यही गर्छु।” तब राजा द्वारमा खडा भए। फौज अघि बड्यो। सय र हजारको समूहमा तिनीहरू हिडे। योआब, अबीशै र ईत्तैलाई दाऊदले आदेश दिए। उसले भने, “मेरो खातिर जवान अब्शालोम प्रति दयालु बन्नु।” राजाले कप्तानहरूलाई के भने सैनिकहरूले सबै सुने। दाऊदका सैनिकहरूले अब्शालोमका इस्राएलीहरूलाई आक्रमण गरे। तिनीहरूले एप्रैमको जङ्गलभित्र लडाईं गरे। दाऊदका सेनाहरूले इस्राएलीहरूलाई परास्त गरे। त्यस दिन 20,000 मानिसहरू मारिए। देशभरि युद्ध फैलियो। तरवारले भन्दा ज्यादा मानिस जङ्गलमा मरे। अब्शालोमले दाऊदका अधिकारीहरूलाई भेटे। अब्शालोम एउटा खच्चरमा चढेर टाढा भाग्ने चेष्टा गरे। खच्चर बजराँठको रूखको हाँगाहरू मुनि भाग्यो। त्यो हाँगो मोटो थियो, अब्शालोमको टाउको हाँगामा अल्झियो। खच्चर लगातार दौडिरह्यो अनि ऊ जमीन माथि हाँगामा झुण्डिए। एकजना मानिसले यो घटना देखे। उसले योआबलाई भने, “मैले बजराँठको रूखमा अब्शालोम झुण्डिरहेको देखें।” योआबले त्यस मानिसलाई भने, “तैंले मारेर त्यसलाई रूखबाट भुइँमा किन झारिनस्? म तँलाई एउटा पेटी र चाँदीको दश टुक्रा दिने थिएँ!” त्यस मानिसले योआबलाइ भने, “यदि मलाई 1,000 चाँदीको टुक्रा दिएको भएता पनि म राजाको छोरालाई केही गर्ने थिइनँ। कारण राजाले तपाईं अबीशै र इत्तैलाई भएको आदेश हामीले सुन्यौ। राजाले भनेका थिए, ‘नौजवान अब्शालोमलाई चोट नपुर्याउनु।’ यदि मैले उसलाई मारेको भए राजाले पत्तो लगाउनु हुने थियो। अनि तपाईं, याओबले, मेरो रक्षागर्नु हुने थिएन।” योआबले भने, “म यहाँ तँसँग समय बरबाद गर्दिन।” अब्शालोम अझै जीवितै बजराँठको रूखमा झुण्डिरहेको थिए। योआबले तीनवटा भाला निकालेर अब्शालोमलाई हाने। भाला गएर अब्शालोमको मुटुमै रोपियो। योआबका दशजना जवान सिपाही थिए जो योआबका अंगरक्षक हुन्। ती दशजना मानिस अब्शालोमको वरिपरी भेला भएर उसलाई मारे। अब्शालोमका सेनाहरूलाई नखेद्नु भन्नाका खातिर योआबले तुरही फूके। योआबका मानिसहरूले अब्शालोमको लाश जङ्गलको ठूलो दूलोमा फ्याँकिदिए। तिनीहरूले लाश हालेर उक्त दूलोलाई ढुङ्गाले पुरिदिए। अब्शालोमका जति पनि इस्राएली अनुयायीहरू थिए भागेर घर गए। जब अब्शालोम जीवित थिए तिनले राजाको बेंसीमा एउटा स्तम्भ खडा गरेका थिए। अब्शालोमले भनेका थिए, “मेरो नाउँ जीवित राख्ने कुनै छोरा छैन।” यसैले तिनले त्यस स्तम्भको नाउँ आफ्नो नाममा राखे। आज पनि उक्त स्तम्भलाई, “अब्शालोम स्मृति-चिन्ह” भनिन्छ।