YouVersion लोगो
खोज आइकन

थिस्सलोनिकीहरूलाई पावलको पहिलो पत्र 5:5-24

थिस्सलोनिकीहरूलाई पावलको पहिलो पत्र 5:5-24 NERV

तिमीहरू सबै उज्यालो र दिनमा छौ। हामी अन्धकार र रातसित सम्वन्धित छैनौ। यसैले हामी अरू जस्तो हुनु हुँदैन। हामी अरूहरू जस्तो सुतिरहनू हुँदैन, तर जाग्रत र आत्मा नियंन्त्रित हुनुपर्छ। सुत्नेहरू रातमा सुत्छन्, मात्नेहरू रातमा मात्छन्। तर हामी दिनसँग सम्वन्धित छौं, यसकारण हामी आफैंले आफूलाई नियंत्रित राख्नु पर्छ। हामीले आफ्नो रक्षा गर्न कवच जस्तो प्रेम र विश्वास पहिरिनु पर्छ मुक्तिको आशा हाम्रो शिर-रक्षक हुनुपर्छ। परमेश्वर हामीलाई उहाँको रिसको भागी बन्न होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति पाउनुको निम्ति छानिएका हौ। येशूले हाम्रो निम्ति प्राण दिनु भयो जसमा कि हामी उहाँसितै बस्न सकौं। जब उहाँ आउनुहुन्छ हामी जीवित रहौं कि मृत, यो कुनै महत्वको कुरो होइन। यसकारण एक-अर्कालाई उत्साह देऊ, एक-अर्कालाई बल देऊ। अनि त्यो त तिमीहरू गरिरहेकाछौ। दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! अब हाम्रो निवेदन छ कि जसले तिमीहरू माझ कठोर परिश्रम गरे, जसले तिमीहरूलाई परमप्रभु तर्फ डोर्याएर असल शिक्षा दिए तिनको सम्मान गर। हामी निवेदन गर्छौं कि तिनीहरूले गरेको कामको सम्मानको निम्ति सम्मानको विशेष प्रेम दर्शाऊ। परस्परमा शान्तिपूर्वक बस। दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू अल्छेहरूलाई चेताउनी दिनु, डरपोकहरूलाई उत्साह दिनु, दुर्वलहरूलाई सहायता दिनु र सबैसित धैर्य राख्नु भनि हामी तिमीहरूलाई विन्ति गर्छौं। याद गर, कसैले गलत कामको बद्ला नलियोस्। तर प्रत्येकले एक-अर्काको अनि प्रत्येकको भलाई गर्ने लक्ष्य बनाउनु पर्छ। सधैँ प्रसन्न बस। प्रार्थना गर्न कहिल्यै नछोड। सधैँ परमेश्वरलाई धन्यवाद देऊ। ख्रीष्ट येशूमा हुने तिमीहरूबाट परमेश्वर यही चाहनु हुन्छ। पवित्र आत्माको कहिल्यै वाधा नदेऊ। भविष्यवाणीलाई महत्वहीन नठान। हरेक कुरालाई जाँच र असल जति राख। हर प्रकारको दुष्ट्याइँदेखि टाढा बस। शान्तिको स्रोत परमेश्वर स्वयंले तिमीहरू उहाँमा हुनेहरूलाई पवित्र पारून भन्ने हाम्रो प्रार्थना छ। हाम्रो प्रार्थना छ कि तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्ट आँउदा पूर्णरूपले दोषरहित बनाइ राख। उहाँ नै एक हुनुहुन्छ जसले तिमीहरूलाई बोलाउनु भयो, तिम्रोलागि यी सब थोक गर्नु नै हुनेछ। तिमीहरूले उहाँलाई विश्वास गर्ने सक्छौ।