YouVersion लोगो
खोज आइकन

राजाहरूक पहिल पुस्तक 3:5-14

राजाहरूक पहिल पुस्तक 3:5-14 NERV

सुलेमान गिबोनमा भएको समयमा राति सपनामा परमप्रभु उनकहाँ देखा पर्नुभयो। परमेश्वरले भन्नुभयो, “तँलाई जे चाहिन्छ भन्। म तँलाई त्यो दिनेछु।” सुलेमानले जवाफ दिए, “आफ्ना भक्त मेरा पिता दाऊद प्रति तपाईं औधी दयालु हुनुहुन्थ्यो। उहाँले तपाईंको अनुशरण गर्नुभयो। उहाँ धर्मी अनि ईमान्दारी थिए। उहाँ पछि, उसलाई एउटा छोरा उसको सिंहासनमा बस्न दिएर महान दया देखाँउनु भयो। परमप्रभु मेरो परमेश्वर, मेरा पिता दाऊदको स्थानमा मलाई राजा हुने अनुमति दिनु भएको छ। तर म सानो केटा मात्र छु, मानिसहरूलाई अगुवाई गर्ने अनुभ मसँग छैन। म, तपाईंको दास हुँ अनि तपाईंले चुनिएको मानिसहरू मध्ये एक हुँ जो असंख्य छन्। त्यो गन्न सकिदैन। यसकारण शासकले तिनीहरूबीच धेरै निर्णय लिनु पर्छ। यसै कारण म तपाईंसमक्ष बुद्धिको माग गर्दैछु जसको कारण म राम्ररी शासन गर्न सकूँ अनि सहीढंगमा जनतालाई न्याय दिन सकूँ। यसले मलाई सही र भूलबीच अन्तर छुट्‌याउने योग्यता दिने छ। यस महान्, बुद्धिको अभावमा यी महान् मानिसहरू माथि शासन गर्न सम्भव छैन।” सुलेमानले आफ्नो बुद्धिको लागि माग गरेकोमा परमप्रभु प्रसन्न हुनुभयो। यसकारण परमेश्वरले उनलाई भन्नुभयो, “तैंले आफ्नो लागि दीर्घायु मागिनस् अनि तैंले धन-सम्पत्तिको माग पनि गरिनस्। तैंले आफ्ना शत्रुहरूको मृत्युको माग पनि गरिनस्। तर तैंले बुद्धिका लागि बिन्ती गरिस् अनि सही निर्णय लिइस्। यस कारण म तैंले मागेको कुरा दिनेछु। म तँलाई बुद्धि र विवेक दिनेछु। म तँलाई यस्तो महान् बुद्धिजीवी बनाउने छु जस्तो अतीतमा कोही भएको थिएन। अनि भविष्यमा तँ जस्तो अरू कुनै हुने छैन। तँलाई पुरस्कृत गर्नका लागि तैंले नमागेको कुराहरू पनि म तँलाई दिनेछु। तेरो सम्पूर्ण जीवनमा सम्पत्ति र सम्मान प्राप्त हुनेछ। संसारमा तँ जस्तो महान् अरू राजा हुने छैन। म चाहन्छु, तैंले मेरो आज्ञा मान तँ मेरा अनुशरण गर अनि मेरो नियम र आज्ञाको पालन गर। यो काम त्यसरी नै गर जसरी तेरा पिता दाऊदले गरेका थिए। यदि तैंले मेरो इच्छा अनुसार काम गरिस भने म तँलाई लामो जीवन दिनेछु।”