राजा आहाबले ईजेबेललाई सबै थोक बताए जो एलियाले गरे। आहाबले उनलाई कसरी एलियाले तरवारले सबै अगमवक्ताहरूलाई मारेको बताए। यसकारण इजेबेलले एलिया समक्ष एकजना दूत पठाइन्। ईजेबेलले भनिन, “म कसम खान्छु भोलि यस बेलाको पहिले म तिमीलाई त्यसरी नै मार्नेछु जसरी तिमीले ती अगमवक्ताहरूलाई मार्यौ। यदि मैले सकिनँ भने तब देवताहरूले मलाई मार्नेछन्।” जब एलियाले यो सुने, उनी डराए। त्यस कारण उनी आफ्नो जीवन बचाउन भागे। उनले आफ्नो सेवक सँगै लगे। तिनीहरू बेर्शेबा, यहूदा गए। एलियाले सेवकलाई बेर्शेबामा छोडे। त्यसपछि एलिया दिनभरि नै मरुभूमिमा हिंडे। एलिया एउटा पोथ्राको तल बसे। उनले मर्न चाहे। एलियाले भने, “परमप्रभु, मैले धेरै गरें! मलाई मर्न दिनुहोस्। म मेरा पुर्खाहरू भन्दा राम्रो छुईंन।” तब एलिया रूखको तल सुते अनि निदाए। एउटा स्वर्गदूत एलिया कहाँ आए अनि उनलाई छोए। स्वर्गदूतले भने, “उठ! खाऊ!”
राजाहरूक पहिल पुस्तक 19 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: राजाहरूक पहिल पुस्तक 19:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू