यसकारण आहाबले सबै इस्राएलीहरू र अगमवक्ताहरूलाई कर्मेल डाँडामा बोलाए। एलिया ती मानिसहरू समक्ष आएर। उनले भने, “तिमीहरू कसलाई अनुशरण गर्ने हौ यसका निर्णय कहिले लिनेहो। यदि परमप्रभु नै सत्य परमेश्वर हुनुहुन्छ भने तिमीहरू उहाँलाई नै अनुशरण गर। यदि बाल नै सत्य देवता हो भने तब उनैलाई अनुशरण गर!” मानिसहरूले केही बोलेनन्। एलियाले भने, “म परमप्रभुको एक मात्र अगमवक्ता हुँ! यहाँ म एक्लै छु। तर यहाँ बालका 450 जना अगमवक्ताहरू छन्। यसकारण दुइवटा साँढे ल्याऊ। बालका अगमवक्ताहरूले एउटा साँढे लिऊन्। तिनीहरूले त्यसलाई मारून् र काटेर टुक्रा-टुक्रा पारून्। त्यसपछि तिनीहरूले मासु दाउरमाथि राखून्। तर तिनीहरू आगो बाल्न पाउने छैनन्। त्यसपछि अर्को साँढेलाई म त्यसै गर्छु। म पनि आगो बाल्न शुरू गर्दिन। बालका अगमवक्ताहरूले उनीहरूको देवतालाई प्रार्थना गर्नेछन् अनि म मेरा परमप्रभुलाई प्रार्थना गर्नेछु। जुन परमेश्वरले प्रार्थना सुनेर दाउरा बल्न शुरू गर्छन, तिनै सत्य परमेश्वर हुनेछन्।” सबै मानिसहरूले यसलाई राम्रो विचार भनेर समर्थन गरे। तब एलियाले बालका अगमवक्ताहरूलाई भने, “तिमीहरू धेरै छौ। यसकारण पहिला तिमीहरूनै शुरू गर। एउटा साँढे छान अनि तयार गर। तिम्रा देवतालाई पुकार तर आगो बाल्न पाइनेछैन।” यसकारण अगमवक्ताहरूले साँढे लिए, जो उनीहरूलाई दिइएको थियो। तिनीहरूले त्यसलाई तयार बनाए। तिनीहरूले विहान देखि मध्यानसम्म प्रार्थना गरे। तिनीहरूले प्रार्थना गरे, “हे बाल, कृपया हामीलाई उत्तर देऊ!” तर कुनै आवाज आएन। कसैले उत्तर दिएन। अगमवक्ताहरू वेदीको वरिपरि नाचे जसलाई तिनीहरूले बनाएका थिए। तर आगो बल्दै बलेन। दिउँसोतिर एलियाले तिनीहरूको खिसी गरे। एलियाले भने, “यदि बाल साँच्चै नै देवता हुन् भने हुन्छ, जोडसित प्रार्थना गर्नुपर्छ! हुन सक्छ, उनी सोच्दै छन्! अथवा हुन सक्छ उनी व्यस्त छन्! अथवा हुन सक्छ उनी भ्रमण गर्दैछन्! उनी सुती रहेको हुन सक्छ। हुन सक्छ तपाईंहरूले जोरसित प्रार्थना गर्दा उनी उठ्न सक्छन्!” अनि ती अगमवक्ताहरूले जोरसित प्रार्थना गरे। तिनीहरूले तरवार र भालाले काटे। (तिनीहरूले पूजा गर्ने यस्तैं तरीका थियो।) तिनीहरूले आफूमाथि प्रहार गरिरहे जबसम्म तिनीहरूको शरीर रक्ताम्मे भएन। मध्यदिन बित्यो तर आगो बलेको थिएन। अगमवक्ताहरू बेलुकीको बलिदान चढाउने समयसम्म तिनीहरूको व्याकुलता कार्यहरू गरिरहे, तर केही पनि भएन। बालबाट कुनै उत्तर आएन। कुनै आवाज थिएन। कसैले पनि सुनेको थिएन। तब एलियाले मानिसहरूलाई भने, “अब मेरो सामु आओ।” यसकारण सबै मानिसहरू एलियाको वरिपरि थुप्रिए। परमप्रभुको वेदी भत्किएको थियो। यसकारण एलियाले ठीक पारे। एलियाले 12 वटा ढुङ्गाहरू पाए। प्रत्येक ढुङ्गा याकूबका सन्तानबाटका त्यो एउटा कुल समूहको निम्ति खडा थियो। याकूब त्यो मानिस थियो जसलाई परमप्रभुले इस्राएल नाउँ दिनुभयोको थियो। एलियाले परमप्रभुको वेदी स्थापित गर्न यी ढुङ्गाहरू प्रयोग गरे। उनले वेदीको वरिपरि एउटा खाडल खने। त्यो खाडल दुइ माना पानी राख्नका लागि पर्याप्त चौंडा र गहिरो थियो। तब एलियाले वेदीमाथि दाऊरा राखे। उनले साँढेलाई टुक्रा-टुक्रा पारेर काटे। उनले टुक्राहरू दाउरामाथि राखे। तब एलियाले भने, “चारैवटा भाँडाहरूमा पानी भर। पानी मासुका टुक्रा र दाउरामा खन्याऊ।” फेरि एलियाले भने, “फेरि यसै गर।” तब उनले भने, “फेरि यस्तै तेस्रो पटक गर।” पानी वेदीबाट तल बग्यो अनि खाडलमा भरियो। यो बेलुकीपखको बलिदानको समय भएको थियो। त्यसपछि अगमवक्ता एलिया वेदी समक्ष गए अनि प्रार्थना गरे, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर। म तपाईंलाई इस्राएलका परमेश्वर हुनुहुन्छ भनी प्रमाणित गर्ने बिन्ती गर्छु। अनि प्रमाणित गर्नुहोस् म तपाईंको सेवक हुँ। मानिसहरूलाई देखाउनुहोस्, यी सब काम गर्नका लागि तपाईंले मलाईं आदेश दिनुभएको हो। मेरो परमप्रभु, मेरो प्रार्थनाको उत्तर दिनहोस्। मानिसहरूलाई देखाइ दिनुहोस्, परमप्रभु तपाईं नै परमेश्वर हुनुहुन्छ। तब तपाईंले मानिसहरूलाई तपाईंतिर फर्काएर ल्याउनु सक्नु हुन्छ।” यसकारण परमप्रभुले आगो पठाउनुभयो। आगोले बलिदान, दाउरा, ढुङ्गा र वेदीको वरिपरिको भूमिलाई जलायो। आगोले खाडलको पानीलाई पनि सूख्खा बनायो। सबै मानिसहरूले यस्तो भएको देखे। मानिसहरू भूमिमा निहुरिए अनि भन्न थाले, “परमप्रभु नै परमेश्वर हुनु हुन्छ! परमप्रभु नै परमेश्वर हुनुहुन्छ!” तब एलियाले भने, “बालका सबै अगमवक्ताहरूलाई पक्र। कसैलाई भाग्न नदोऊ!” यसकारण मानिसहरूले सबै अगमवक्ताहरूलाई पक्रिए। तब एलियाले तिनीहरूलाई कीशोन खोलामा लगे अनि त्यस ठाउँमा तिनीहरूलाई मारे।
राजाहरूक पहिल पुस्तक 18 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: राजाहरूक पहिल पुस्तक 18:20-40
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू