कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 15:42-44
कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 15:42-44 NERV
जीवित तुल्याइएका मृतहरूको पनि त्यस्तै हुन्छ। “रोपिएको” शरीर कुहुने हुन्छ। तर जब त्यस शरीरलाई जीवित तुल्याइन्छ त्यो नष्ट हुँदैन। अनादरमा त्यो “गाडिन्छ,” महिमामा त्यो जीवित हुन्छ। दुर्बलतामा त्यो “गाडिन्छ,” शक्तिमा त्यो जीवित हुन्छ। शरीर जुन “रोपिन्छ” त्यो भौतिक शरीर हो। जब त्यसलाई बौराइन्छ त्यो आत्मिक शरीर हुन्छ। भौतिक शरीर छ र त्यहाँ आत्मिक शरीर पनि छ।