YouVersion लोगो
खोज आइकन

इतिहासको पहिलो पुस्तक 24:3-5

इतिहासको पहिलो पुस्तक 24:3-5 NERV

दाऊदले एलाजार र ईतामारका परिवार समूहलाई दुइ भिन्न समूहहरूमा विभाजन गरे। दाऊदले यसो गरे की समूहहरूले तिनीहरूलाई गर्न दिइएका कार्यहरू गर्न सकुन्। दाऊदले सादोक र अहीमेलेकको सहायताद्वारा यसो गरे। सादोक एलाजारका सन्तान थिए। तर अहीमेलेक ईतामारका सन्तान थिए। एलाजारका परिवारमा ईतामारका परिवारमा भन्दा धेरै मुखियाहरू थिए। एलाजारका परिवामा सोह्रजना मुखियाहरू थिए अनि ईतामारका परिवारमा आठजना मुखियाहरू थिए। मानिसहरू हरेक परिवारमा चुनिएका थिए। तिनीलाई चिट्ठाद्वारा चुनिएको थियो। केही मानिसहरूलाई पवित्र स्थानको जिम्मालिनको निम्ति चुनिएको थियो। अनि अन्य मानिसहरूलाई पूजाहारीको रूपमा सेवा गर्नको निम्ति चुनिएको थियो। यी सबै मानिसहरू एलाजार अनि ईतामारका परिवारहरूबाट थिए।