इतिहासको पहिलो पुस्तक 2
2
इस्राएलका छोराहरू
1इस्राएलका छोराहरू- रूबेन, शिमोन, लेवी, यहूदा, इस्साकार, जबूलून 2दान, यूसुफ, बिन्यामीन, नप्ताली, गाद अनि आशेर थिए।
यहूदाका छोराहरू
3यहूदाका छोराहरू- एर, ओनान अनि शेला थिए। बतशअ तिनीहरूकी आमा थिइन्। बतशअ कनान देशकी स्त्री थिइन्। परमप्रभुले देख्नु भयो कि यहूदाका जेठा छोरा एर दुष्ट थियो। यसकारण परमप्रभुले एरलाई मारिदिनु भयो। 4यहूदाको बुहारी तामारले पेरेस अनि जेरहलाई जन्म दिइन्। यसरी यहूदाका पाँच छोराहरू थिए।
5पेरेसका छोराहरू- हेस्रोन र हामूल थिए।
6जेरहका पाँचजना छोराहरू- थिए तिनीहरू जिम्री, एतान, हेमान, कल्कोल अनि दारा थिए।
7जिम्रीका छोरा कर्मी थिए। कर्मीको छोरा आकान#2:7 आकान वा “आकार।” थिए। आकान ती मानिस थिए जसले इस्राएल माथि धेरै कष्ट ल्याएका थिए। आकानले युद्धबाट लिएका चीजहरू राखे। उसले ती सबै चिजहरू परमेश्वरलाई दिनु पर्ने थियो।
8एतानका छोरा अजर्याह थिए।
9हेब्रोनका छोराहरू यरहमेल, राम अनि कालेब थिए।
रामका सन्तानहरू
10राम अम्मीनादाबका पिता थिए, अम्मीनादाब नहशोनका पिता थिए। नहशोन यहूदामा अगुवा थिए। 11नहशोन सल्माका पिता थिए। सल्मा बोअजका पिता थिए। 12बोअज ओबेदका पिता थिए। ओबेद यिशैका पिता थिए। 13यिशै एलीआबका पिता थिए। एलीआब यिशैका जेठा छोरा थिए। यिशैका माहिला छोरा अबीनादाब थिए। तिनका साहिंला छोरा शिमा थिए। 14नतनेल यिशैका काहिंला छोरा थिए। यिशैका अन्तरे छोरा रद्दै थिए। 15ओसेम यिशैक जन्तरे छोरा थिए अनि दाऊद कान्छा छोरा थिए। 16तिनीहरूका बहिनीहरू सरूयाह अनि अबीगेल थिए। सरूयाहका तीन जना छोराहरू अबीशै, योआब अनि असाहेल थिए। 17अबीगेल अमासाका आमा थिइन्। अमासाका पिता येतेर थिए। येतेर इश्माएली थिए।
कालेबका सन्तानहरू
18कालेब हेस्रोनका छोरा थिए। कालेबकी पत्नी अजूबाबाट नानीहरू जन्मे। अजूबाको नाउँ यरीओत पनि थियो।#2:18 अजूबाको … थियो हिब्रूमा यो पाठ गाह्रो छ वास्तविक यसले भन्छः “उसको पत्नी अजूबाद्वारा अनि यरीओतद्वारा ‘यरीओत’ अर्की पत्नी हुनसक्छे। कसै पण्डीतहरूले उल्था गर्छन् कि अजूबा यरीओतकी छोरी थिइन्।” अजूबाका छोराहरू येशेर, शोबाब अनि अर्दोन थिए। 19जब अजूबाको मृत्यु भयो, कालेबले एप्रातलाई विवाह गरे। कालेब अनि एप्रातका एक छोरा थिए। तिनहरूले उसको नाउँ हूर राखे। 20हूर ऊरीका पिता थिए। ऊरी बसलेलका पिता थिए।
21पछि, जब हेस्रोन साठ्ठी बर्षका थिए, तिनले माकीरकी छोरीलाई विवाह गरे। माकीर गिलादका पिता थिए। हेस्रोनले माकीरकी छोरीसित शारीरिक सम्बन्ध गरे अनि तिनले सगूबलाई जन्म दिइन्। 22सगूब याईरका पिता थिए। याईरको गिलाद देशमा तेईसवटा शहरहरू थिए। 23तर गशूर र अरामले याईरका गाउँहरू कब्जागरे। तिनीहरू मध्ये कनतर त्यसका वरिपरिका स-साना शहरहरू थिए। जम्मा साठ्ठीवटा स-साना शहरहरू थिए। यी सबै शहरहरू गिलादका पिता माकीरका छोराहरूका थिए।
24हेस्रोनको मृत्यु एप्राताको कालेबको शहरमा भयो। तिनको मृत्यु भए पछि, तिनकी पत्नी अबीयाले तिनको निम्ति छोरो जन्माइन्। त्यो छोराको अशहूर नाउँ दिएको थियो अशहूर तकोका पिता थिए।
यरहमेलका सन्तानहरू
25यरहमेल हेस्रोनका जेठा छोरा थिए। यरहमेलका छोराहरू राम, बूना, ओरेन, ओसेम र अहियाह थिए। राम यरहमेलका जेठा छोरा थिए। 26यरहमेलकी अर्की पत्नी अतारा थिइन्। ओनामकी आमा अतारा थिइन्।
27यरहमेलका जेठा छोरा रामका छोराहरू थिए। तिनीहरू मास, यामीन अनि एकेर थिए।
28ओनामका छोराहरू शम्मै अनि यादा थिए। शम्मैका छोराहरू नादाब अनि अबीशूर हो।
29अबीशूरकी पत्नीको नाउँ अबीहेल थियो। तिनीहरूका दुइ छोराहरू थिए। तिनीहरूका नाउँ अहबान अनि मोलीद थिए।
30नादाबका छोराहरू सेलेद अनि अप्पेम थिए। सेलेदको मृत्यु बिनासन्तान भयो।
31अप्पेमका छोरा यिशी थिए। यिशीका छोरा शेशान थिए। शेशानका छोरा अहलै थिए।
32यादा शम्मैका भाइ थिए। यादाका छोराहरू येतेर अनि जोनाथन थिए। येतेरको मृत्यु सन्तान बिहीन भयो।
33जोनाथनका छोराहरू पेलेत र जाजा थिए। यो यरहमेलका सन्तानको सूची थियो।
34शेशानका छोराहरू थिएनन्। तिनका छोरीहरू मात्र थिए। शेशानकहाँ यर्हा नाउँ गरेका एउटा मिश्री सेवक थिए।
35शेशानले आफ्नी छोरीको विवाह यर्हासित गरी दिए। तिनीहरूका एक छोरा थिए। उसको नाउँ अत्तै थियो।
36अत्तै नातानका पिता थिए। नातान जाबादका पिता थिए। 37जाबाद एपलालका पिता थिए। एपलाल ओबेदका पिता थिए। 38ओबेद येहूका पिता थिए। येहू अजर्याहका पिता थिए। 39अजर्याह हेलेसका पिता थिए। हेलेस एलासाका पिता थिए। 40एलासा सिम्मैका पिता थिए। सिम्मै शल्लूमका पिता थिए। 41शल्लूम यकम्याहका पिता थिए अनि यकम्याह एलीशामाका पिता थिए।
42कालेब यरहमेलका भाइ थिए। कालेबका छोराहरू यी थिएः तिनका जेठा छोरा मेशा थिए। मेशा जीपका पिता थिए। मारेशा पनि कालेबका छोरा थिए। मारेशा हेब्रोनका पिता थिए।
43हेब्रोनका छोराहरू- कोरह, तम्पूह, रेकेम अनि शेमा थिए। 44शेमा रहमका पिता थिए। रहम योर्कामका पिता थिए। रेकेम शम्मैका पिता थिए। 45शम्मैको छोरा माओन थिए। माओन बेत्सूरका पिता थिए।
46कालेबकी उप-पत्नीको नाउँ एपा थियो। एपा हारान, मोसा अनि गाजेजकी आमा थिइन्। हारान गाजेजका पिता थिए।
47यहदैका छोराहरू- रेगेम, योताम, गेशान, पेलेत, एपा अनि शाम हुन्।
48माका कालेबकी अर्की उप-पत्नी थिइन्। माका शेबेर अनि तिर्हानकी आमा थिइन्। 49माका, चाप अनि शबाकि पनि आमा थिइन्। चाप मदमन्नाका पिता थिए। शबा मक्बेना अनि गिबाका पिता थिए। कालेबकी छोरी अक्सा थिइन्।
50यो कालेबका सन्तानहरूको सूचि हो। हूर कालेबका जेठा छोरा थिए। तिनी एप्राताबाट जन्मिएका हुन। हूरका छोराहरू किर्यात-यारीमका संस्थापक शोबाल, 51बेतलेहेमका संस्थापक सल्मा अनि बेत-गादेरका संस्थापक हारेप थिए।
52शोबाल किर्यात-यारीमका संस्थापक थिए। यो शोबालका सन्तानहरूको सूची हो- हारोए, मनुहोनीहरूका आधा मानिसहरू, 53अनि किर्यात यारीमका परिवार समूह यिनीहरू- यित्री, पूही, शुमाती अनि मिश्राती मानिसहरू हुन्। सोराती अनि एश्ताओलीहरू मिश्रानी मानिसहरूबाट आएका थिए।
54यो सल्माका सन्तानहरूको सूची हो- बेतलेहेमबाट मानिसहरू नतोपाती थिए, अतारोत, बेतयोआब, मानहतका आधा जनसंख्याहरू, सोरी मानिसहरू, थिए। 55अनि ती पूजाहरीहरूका परिवार जो याबेशमा, तिरातमा, शिमातमा अनि सुचामा बस्थे। यी शास्त्रीहरू र केनी मानिसहरू हुन जो हम्मतबाट आए। हम्मत बेत-रेकाबका घरका संस्थापक थिए।
अहिले सेलेक्ट गरिएको:
इतिहासको पहिलो पुस्तक 2: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International