सरकार र सरकारी मानिसहरूका अधीनमा रहनुपर्छ भनी त्यहाँका मानिसहरूलाई सम्झाऊ। तिनीहरूले हरेक किसिमले भलो गर्न तयार रहून्। तिनीहरूले कसैको विरोध नगरून् अनि झगडा पनि नगरून् तर सबै मानिसहरूसँग सुधा र मिलनसार होऊन् किनभने हामीहरू आफैं पनि एक समय मूर्ख, अनाज्ञाकारी र भुलमा परेका थियौं। हामीहरू नराम्रा इच्छाहरू र सबै प्रकारका सुख-विलासका कमाराहरू थियौं। हामीहरू आफ्नो जीवन द्वेष र डाहमा बिताउँथ्यौं; हेलित थियौं र एक-अर्कालाई हेला गर्थ्यौं। तर जब हाम्रा मुक्तिदाता परमेश्वरको दया र मानिसप्रतिको प्रेम हामीले देख्यौं, उहाँले हामीलाई बचाउनुभयो। हामी आफैंले कुनै असल काम गरेको हुनाले त यसो भएको होइन। तर उहाँकै दयाअनुसार उहाँले नयाँजन्म दिने नुहाइ र पवित्र आत्माको जीवन बदलाउने शक्तिद्वारा हामीलाई बचाउनुभएको हो। मुक्ति दिनुहुने प्रभु येशू ख्रीष्टले गर्दा परमेश्वरले उही पवित्र आत्मा हामीमाथि प्रशस्त गरी खन्याउनुभयो। यसरी उहाँको अनुग्रहले हामी परमेश्वरका अघि ठीक ठहरिन सक्यौं अनि हामीले आशा राखेका अनन्त जीवनको पनि हकदार हुन सक्यौं।
तीतस 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: तीतस 3:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू