YouVersion लोगो
खोज आइकन

रूथ 4:13-17

रूथ 4:13-17 सरल नेपाली

यसरी बोअजले रूथलाई आफ्‍नी स्‍वास्‍नी बनाएर घरमा ल्‍याए, परमेश्‍वरले उनलाई आशिष् दिनुभयो र उनले गर्भवती भएर छोरो जन्‍माइन्। स्‍त्रीहरूले नाओमीलाई भने, “परमप्रभुको प्रशंसा गर! उहाँले तिमीलाई एउटा नाति दिनुभएको छ। नातिले तिमीलाई हेरविचार गर्नेछ। यो केटो इस्राएलमा नामी होस्! तिम्री बुहारीले तिमीलाई माया गर्छे। जसले तिमीलाई सात छोराले भन्दा बढ्ता गरेकी छे। उसले तिमीलाई अब एउटा नाति दिएकी छे। त्‍यसले तिमीलाई सहारा दिनेछ र बुढेसकालमा तिम्रो हेरचाह गर्नेछ।” नाओमीले सानो बालकलाई काखमा लिइन् र त्‍यसको पालन-पोषण गरिन्। छिमेकीका स्‍त्रीहरूले छोराको नाम ओबेद राखिदिए। तिनीहरूले सबैलाई भन्‍थे, “नाओमीको छोरो जन्‍मेको छ।” ओबेद यिशैका बुबा र दाऊदका बाजे भए।

रूथ 4 पढ्नुहोस्