पवित्र आत्माले हामीलाई कमजोरी अवस्थामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो, हामीलाई थाहा नहुँदा पवित्र आत्मा आफैंले शब्दले भ्याउनै नसक्ने गहिरो सुस्केरामा हाम्रो लागि प्रार्थना गरिदिनुहुन्छ। मानिसको हृदय देख्नुहुने परमेश्वरले पवित्र आत्माको विचार के छ, जान्नुहुन्छ किनभने पवित्र आत्माले विश्वासीहरूको लागि परमेश्वरको इच्छाअनुसार उहाँसँग बिन्ती गरिदिनुहुन्छ। परमेश्वरलाई प्रेम गर्ने अनि उहाँले आफ्नो इच्छा पूरा गर्न छान्नुभएका प्रत्येक मानिसको निम्ति हरेक घटनाले उसको भलाइ नै गर्छ। ख्रीष्ट धेरै भाइहरूमध्ये जेठो होऊन् भनेर जसजसलाई परमेश्वरले पहिलेबाटै चिन्नुभएको छ, उहाँले तिनीहरूलाई आफ्ना पुत्रको रूपसमान हुन छान्नुभयो। उहाँले पहिले नै छान्नुभएकाहरूलाई बोलाउनु पनि भयो अनि बोलाउनुभएकाहरूलाई आफ्नो सामु ठीक ठहराउनु पनि भयो र ठीक ठहराउनुभएकाहरूलाई सम्मान् पनि दिनुभयो।
रोमी 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 8:26-30
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू