YouVersion लोगो
खोज आइकन

रोमी 8:14-19

रोमी 8:14-19 सरल नेपाली

परमेश्‍वरको आत्‍माले देखाएको बाटोमा चल्‍नेहरू परमेश्‍वरकै छोरा-छोरी हुन् किनभने हामीलाई कमारो बनाएर फेरि डरमा राख्‍ने आत्‍मा होइन तर हामीलाई परमेश्‍वरका धर्मपुत्र बनाउने पवित्र आत्‍मा पाएर हामी परमेश्‍वरलाई बुबा भनेर बोलाउँछौं। पवित्र आत्‍माले हामीहरू परमेश्‍वरका छोरा-छोरी हौं भनी हाम्रो आत्‍मालाई गवाही दिनुहुन्‍छ। हामी उहाँका छोरा-छोरी हौं भने हकवाला पनि हौं, परमेश्‍वरको हकवाला अनि ख्रीष्‍टसँग साझे हकवाला। हामी ख्रीष्‍टसँग दु:खकष्‍टमा साझे भयौं भने उहाँसँगै उहाँकै सुख-सम्‍मान्‌मा पनि साझेदार हुनेछौं। यस जीवनमा हामीले भोगेका दु:खहरूलाई हामीमा पछि देखा पर्ने सुख सम्‍मान्‌सँग तुलना गर्न सकिन्‍न। परमेश्‍वरले आफ्‍ना छोरा-छोरी देखाउनुहुने दिन सारा सृष्‍टिले ठूलो चाख मानेर पर्खिरहेको छ।

रोमी 8 पढ्नुहोस्