YouVersion लोगो
खोज आइकन

रोमी 7:15-18

रोमी 7:15-18 सरल नेपाली

मैले गरेको कुरो किन म गर्दै छु, म आफैं बुझ्‍दिनँ। मैले नचाहेको र घृणा गरेको काम मबाट हुन्‍छ तर मैले चाहेको काम मबाट हुँदैन। यसरी मैले गर्न नचाहेको काम गरें भने म व्यवस्थालाई ठीक छ भनी मान्‍छु। यसकारण अहिले मैले गरेको पाप मैले गरेको होइनँ, यो त मभित्र हुने पापले गरेको हो। कुनै असल कुराले मभित्र बास गर्दैन। मैले भनेको यो मेरो शारीरिक स्‍वभाव हो किनभने असल काम गर्ने इच्‍छा मभित्र हुँदाहुँदै पनि म यो गर्न सक्‍तिनँ।

रोमी 7 पढ्नुहोस्