व्यवस्था परमेश्वरको आत्माले दिनुभएको असल कुरो हो, यो हामीलाई थाहा छ। तर म शारीरिक स्वभावअनुसार चल्ने र कमारोझैँ पापमा बेचिएको मानिस हुँ। मैले गरेको कुरो किन म गर्दै छु, म आफैं बुझ्दिनँ। मैले नचाहेको र घृणा गरेको काम मबाट हुन्छ तर मैले चाहेको काम मबाट हुँदैन। यसरी मैले गर्न नचाहेको काम गरें भने म व्यवस्थालाई ठीक छ भनी मान्छु। यसकारण अहिले मैले गरेको पाप मैले गरेको होइनँ, यो त मभित्र हुने पापले गरेको हो। कुनै असल कुराले मभित्र बास गर्दैन। मैले भनेको यो मेरो शारीरिक स्वभाव हो किनभने असल काम गर्ने इच्छा मभित्र हुँदाहुँदै पनि म यो गर्न सक्तिनँ। मैले इच्छा गरेको असल काम म गर्दिनँ; तर उल्टो मैले गर्न नचाहेको खराब कामचाहिँ म गरिरहन्छु। मैले इच्छा नगर्दा-नगर्दै पनि म त्यो काम गर्छु भने त्यो काम गर्ने त म होइनँ तर मभित्र बास गर्ने पाप हो। यसकारण असल काम गर्न खोज्दाखोज्दै पनि खराब काम मेरो साथ हुन्छ। यही नियमले मेरो जीवनमा काम गरेको अनुभव म गर्छु। मेरो आत्माचाहिँ परमेश्वरको नियमले खुसी हुन्छ। तर ममा भने म अर्कै शक्तिले काम गरेको देख्छु। यो शक्तिचाहिँ मेरो आफ्नै मनले मान्न खोजेको नियमको विरोधमा लड्छ। यसैले मलाई पापको कैदी बनाउँछ र पापले ममाथि राज गर्छ। मेरो हालत यस्तै छ, म आफैं त मन र आत्माले परमेश्वरको सेवा गर्छु तर ममा रहेको शारीरिक स्वभावले कमारोजस्तै पापकै सेवा गर्दछ, अहो म कस्तो अभागी मानिस, पाप र मृत्युको कैदबाट कसले मलाई छुटकारा देला? तर परमेश्वरलाई धन्यवाद होस्। हाम्रा ख्रीष्ट येशूले नै यसबाट हामीलाई छुटकारा दिनुभएको छ।
रोमी 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 7:14-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू