त्यसो भए हे मित्र, के तिमी अरूलाई दोष लगाउँछौ? तिमीहरू जोसुकै भए पनि दोषी छैनौं भनी बहाना गर्ने ठाउँ नै छैन। अर्कालाई दोष लगाउने तिमीले आफैंलाई दोषी ठहराहँदै छौ किनभने अरूलाई जुन कामको दोष लगाउँछौ, त्यही काम तिमीहरू पनि गर्छौ। परमेश्वरले पनि यस्ता काम गर्ने मानिसहरूलाई सत्यको आधारमा दोषी ठहराउनुहुन्छ भन्ने हामीलाई थाहा छ। हे मित्र, तिमीहरूले यस्ता काम गर्ने मानिसहरूलाई दोषी ठहराउँछौ तर आफू भने त्यस्तै काम गर्छौ। के परमेश्वरले तिमीलाई दोषी ठहराउनुहुँदा तिमी उम्किन सक्छौ? कि उहाँको प्रेमलाई तुच्छ ठान्छौ? उहाँले धैर्यसाथ पर्खनुहुन्छ र तिम्रो हृदय उहाँतिर फर्काउन खोज्नुहुन्छ। तैपनि तिमीहरूले हृदय कठोर पारेर उहाँतिर फर्कन चाहेनौ। त्यसकारण तिमीहरूले रिसको दिनमा अझ ठूलो दण्ड पाउनेछौ, जुन दिन परमेश्वर न्याय गर्न आउनुहुनेछ। परमेश्वरले नै हरेक मानिसले गरेको कामको इनाम दिनुहुनेछ। कति जना भलाइको काममा लागिरहेर महिमा, आदर र अजम्मरी जीवन खोज्दछन्। परमेश्वरले उनीहरूलाई अजम्मरी जीवन दिनुहुनेछ। अरू मानिसहरूले केवल आफैंलाई मात्र प्रेम गर्छन्, सत्यलाई मान्दैनन् र खराब कामका पछि लाग्छन्। परमेश्वरले तिनीहरूमाथि आफ्नो रिस खन्याउनुहुन्छ। खराब काम गर्ने सबै मानिस पहिले यहूदीलाई अनि त्यसपछि अरूहरूलाई दु:ख, कष्ट हुनेछ। तर परमेश्वरले असल काम गर्नेहरूलाई पहिले यहूदी अनि त्यसपछि अरूहरूलाई सुख, सम्मान् र शान्ति दिनुहुनेछ किनभने परमेश्वरले कसैको पक्षपात गर्नुहुन्न। परमेश्वरले दिनुभएको व्यवस्थाबिना ज-जसले पाप गरे, तिनीहरू त्यो व्यवस्थाबिना नै नाश हुनेछन्। व्यवस्था जान्नेले पाप गरे भने तिनीहरू त्यही व्यवस्थाबाटै दोषी ठहराइन्छन् किनभने व्यवस्था सुनेर मात्र मानिसको सम्बन्ध परमेश्वरसँग ठीक हुँदैन तर व्यवस्था पालन गरेर नै परमेश्वरसँग मानिसको सम्बन्ध ठीक रहन्छ।
रोमी 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 2:1-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू