YouVersion लोगो
खोज आइकन

रोमी 15:4-13

रोमी 15:4-13 सरल नेपाली

धर्मशास्‍त्रमा लेखिएको कुराले हामीलाई शिक्षा दिन्‍छ। हाम्रो आशालाई बढाउन धर्मशास्‍त्रको कुराले हामीलाई सहने शक्ति र उत्‍साह दिन्‍छ। सहने शक्ति र उत्‍साह दिने परमेश्‍वरले नै तिमीहरूलाई येशू ख्रीष्‍टको चालमा चल्‍ने र एकै मनको हुने शक्ति देऊन्। यसरी तिमीहरू सबैबाट एकै मनको भएर एउटै सोरमा हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता र परमेश्‍वरको जय-जयकार हुन सकोस्। परमेश्‍वरको सम्‍मान्‌को लागि ख्रीष्‍टले हामीलाई स्‍वागत गरेजस्‍तै तिमीहरूले पनि एक-अर्कालाई स्‍वागत गर किनभने म तिमीलाई भन्‍दछु, परमेश्‍वर सत्‍य हुनुहुन्‍छ र हाम्रा पिता-पुर्खालाई दिनुभएको प्रतिज्ञा पूरा गर्न कहिले पनि चुक्‍नुहुन्‍न। यही कुरो बुझाउन र अन्यजातिका मानिसहरूले पनि परमेश्‍वरको दयाको लागि उहाँलाई प्रशंसा गरून् भनेर ख्रीष्‍टले यहूदीहरूको सेवा गर्नुभयो। धर्मशास्‍त्रमा यसरी लेखिएको छ, “यसैकारण म अन्यजातिको माझमा तपाईंको प्रशंसा गर्नेछु अनि तपाईंकै नाउँको स्‍तुति गाउनेछु।” फेरि लेखिएको छ, “ए अन्यजातिका मानिसहरू हो, परमेश्‍वरले छान्‍नुभएको मानिसहरूसँग मिलेर रमाओ।” अनि फेरि भनिन्‍छ, “अन्यजातिका मानिसहरू हो, प्रभुकै प्रशंसा गर, सबै जातिजातिका मानिसहरू हो, प्रभुकै प्रशंसा गर।” फेरि अगमवक्ता यशैयाले पनि आउनुहुने ख्रीष्‍टको बारेमा यसो भनेका छन्, “दाऊद राजाको वंशमा एक जना सन्‍तान आउनेछन्, उनी अन्यजातिका मानिसमाथि राज गर्न राजा हुनेछन् अनि अन्यजातिका मानिसहरूले आफ्‍नो आशा उनैमा राख्‍नेछन्।” आशा दिने परमेश्‍वरमा तिमीहरूले विश्‍वास राखेका छौ। उहाँले नै तिमीहरूलाई आनन्‍द र शान्‍तिले भरिदेऊन्। त्‍यसै गरी पवित्र आत्‍माको शक्तिले तिमीहरूको आशा बढ्दै-बढ्दै जाओस्।

रोमी 15 पढ्नुहोस्

YouVersion ले तपाइँको अनुभव निजीकृत गर्न कुकीहरू प्रयोग गर्नेछ। हाम्रो वेबसाइट प्रयोग गरेर, तपाइँ हाम्रो गोपनीयता नीतिमा वर्णन गरिएको कुकीहरूको प्रयोग स्वीकार गर्नुहुन्छ