हामी विश्वासमा बलियो हुनेहरूले कमजोरहरूको कमजोरीलाई सहनुपर्छ। हामीले आफूखुसी मात्र गर्नुहुँदैन; तर अरूको पनि वास्ता गर्नुपर्छ। हामी हरेकले आफ्नो छिमेकीको भलाइ र विश्वासमा उन्नति होस् भनेर उनलाई खुसी पार्नुपर्छ किनभने ख्रीष्टले पनि आफूलाई खुसी पार्ने काम गर्नुभएन। त्यस्तै धर्मशास्त्रमा पनि लेखिएको छ, “तपाईंलाई हप्काउनेहरूका हप्की ममाथि परेका छन्।” धर्मशास्त्रमा लेखिएको कुराले हामीलाई शिक्षा दिन्छ। हाम्रो आशालाई बढाउन धर्मशास्त्रको कुराले हामीलाई सहने शक्ति र उत्साह दिन्छ। सहने शक्ति र उत्साह दिने परमेश्वरले नै तिमीहरूलाई येशू ख्रीष्टको चालमा चल्ने र एकै मनको हुने शक्ति देऊन्। यसरी तिमीहरू सबैबाट एकै मनको भएर एउटै सोरमा हाम्रा प्रभु येशू ख्रीष्टका पिता र परमेश्वरको जय-जयकार हुन सकोस्। परमेश्वरको सम्मान्को लागि ख्रीष्टले हामीलाई स्वागत गरेजस्तै तिमीहरूले पनि एक-अर्कालाई स्वागत गर
रोमी 15 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 15:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू