कमजोर विश्वास हुनेहरूलाई माया गरेर आफ्नो सङ्गतिमा स्वागत गर, तर उसको विचारलाई दोष लगाएर झगडा गर्ने कामचाहिँ नगर। कसैको विश्वासअनुसार सबै थोक खान हुन्छ तर कमजोर विश्वासीले सागपात मात्रै खान्छ। सबै थोक खानेले सागपात मात्र खानेलाई होच्याउनुहुँदैन। त्यस्तै नखानेले खानेलाई दोष नलगाओस् किनभने त्यस कमजोर विश्वासीलाई पनि परमेश्वरले नै स्वागत गर्नुभएको छ। अर्काको सेवकलाई दोष लगाउने तिमी को हौ? मालिकले पो सेवकले ठीक काम गरेको हो कि गलत काम गरेको हो, फैसला गर्नेछ। प्रभुले नै कमजोर सेवकहरूलाई पनि ठीक काम गर्न सहायता दिनुहुनेछ कारण प्रभुमा त्यसलाई सहायता गर्ने शक्ति छ।
रोमी 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 14:1-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू