YouVersion लोगो
खोज आइकन

रोमी 12:2-8

रोमी 12:2-8 सरल नेपाली

तिमीहरूले संसारका मानिसहरूका देखासिकी गरेर उनीहरूजस्‍तै हुने इच्‍छा नराख, अब आफ्‍नो मनमा नयाँ भई परिवर्तन होओ। त्‍यसो भए मात्र तिमीहरूले परमेश्‍वरको इच्‍छा के रहेछ, पत्ता लाउन सक्‍छौ अनि कुन कुरो असल छ, कुन कुरोले परमेश्‍वरलाई खुसी तुल्‍याउँछ अनि कुनचाहिँ कुरा पक्‍का हो, त्‍यो तिमीहरूलाई छर्लङ्ग थाहा हुन्‍छ। परमेश्‍वरले मलाई अनुग्रह देखाउनुभएकोले म तिमीहरू सबैलाई भन्‍दै छु, आफूलाई ठूलो नठान तर परमेश्‍वरले दिनुभएको विश्‍वासको मात्राअनुसार आफू जस्‍ता छौ, त्‍यस्‍तै ठान। हाम्रो शरीरमा धेरै अङ्गहरू भए पनि ती अङ्गहरूका बेग्‍लाबेग्‍लै काम छन्। त्‍यसै गरी हामी धेरै भए पनि ख्रीष्‍टमा एउटै शरीर हौं र हामी सबै एक-अर्काका अङ्ग हौं। यसकारण परमेश्‍वरले आफ्‍नो अनुग्रहले हामीलाई दिनुभएका बेग्‍लाबेग्‍लै दानअनुसार उहाँका कामहरू गरौं। परमेश्‍वरको तर्फबाट बोल्‍न सक्‍नेले आफ्‍नो विश्‍वासअनुसार उहाँकै तर्फबाट बोलौं। सेवा गर्नेजतिले ठीकसँग सेवा गरौं, परमेश्‍वरका शिक्षा दिन सक्‍नेले आफ्‍नो विश्‍वासको मात्राअनुसार शिक्षा देओस्। ठीक बाटोमा हिंड्‍न सल्‍लाह दिन सक्‍नेले सल्‍लाह देओस्। खाँचोमा परेकालाई दिनेले खुल्‍ला मनले देओस्। काम मिलाउनेले सक्‍दो चाँडै मिलाइहालोस् र दया देखाउनेले खुसीसाथ दया देखाओस्।

रोमी 12 पढ्नुहोस्

रोमी 12:2-8 को लागि पद छवि

रोमी 12:2-8 - तिमीहरूले संसारका मानिसहरूका देखासिकी गरेर उनीहरूजस्‍तै हुने इच्‍छा नराख, अब आफ्‍नो मनमा नयाँ भई परिवर्तन होओ। त्‍यसो भए मात्र तिमीहरूले परमेश्‍वरको इच्‍छा के रहेछ, पत्ता लाउन सक्‍छौ अनि कुन कुरो असल छ, कुन कुरोले परमेश्‍वरलाई खुसी तुल्‍याउँछ अनि कुनचाहिँ कुरा पक्‍का हो, त्‍यो तिमीहरूलाई छर्लङ्ग थाहा हुन्‍छ।
परमेश्‍वरले मलाई अनुग्रह देखाउनुभएकोले म तिमीहरू सबैलाई भन्‍दै छु, आफूलाई ठूलो नठान तर परमेश्‍वरले दिनुभएको विश्‍वासको मात्राअनुसार आफू जस्‍ता छौ, त्‍यस्‍तै ठान। हाम्रो शरीरमा धेरै अङ्गहरू भए पनि ती अङ्गहरूका बेग्‍लाबेग्‍लै काम छन्। त्‍यसै गरी हामी धेरै भए पनि ख्रीष्‍टमा एउटै शरीर हौं र हामी सबै एक-अर्काका अङ्ग हौं। यसकारण परमेश्‍वरले आफ्‍नो अनुग्रहले हामीलाई दिनुभएका बेग्‍लाबेग्‍लै दानअनुसार उहाँका कामहरू गरौं। परमेश्‍वरको तर्फबाट बोल्‍न सक्‍नेले आफ्‍नो विश्‍वासअनुसार उहाँकै तर्फबाट बोलौं। सेवा गर्नेजतिले ठीकसँग सेवा गरौं, परमेश्‍वरका शिक्षा दिन सक्‍नेले आफ्‍नो विश्‍वासको मात्राअनुसार शिक्षा देओस्। ठीक बाटोमा हिंड्‍न सल्‍लाह दिन सक्‍नेले सल्‍लाह देओस्। खाँचोमा परेकालाई दिनेले खुल्‍ला मनले देओस्। काम मिलाउनेले सक्‍दो चाँडै मिलाइहालोस् र दया देखाउनेले खुसीसाथ दया देखाओस्।