YouVersion लोगो
खोज आइकन

रोमी 12:15-21

रोमी 12:15-21 सरल नेपाली

त्‍यस्‍तै रमाउनेहरूसँग रमाओ। रुनेहरूसँग रोओ, सबैसँग मिलनसार होओ। कसैसँग शेखी नगर, तर सबैसँग नम्र भएर झुक अनि आफूलाई धेरै जान्‍ने पनि नठान। कसैले तिमीलाई नराम्रो गर्‍यो भन्‍दैमा उसलाई नराम्रो नगर। सबै मानिसले असल ठहराएका कुराहरूमा मात्र ध्‍यान दिनू। सकेसम्‍म सबैसित मेलमिलाप राख। प्‍यारा दाजुभाइहरू, कहिल्‍यै पनि कसैसँग बदला नलिनू। तर रिस देखाउने काम परमेश्‍वरलाई नै गर्न दिनू किनभने धर्मशास्‍त्रमा लेखिएको छ, “न्‍याय गर्ने काम मेरो हो। म नै बदला लिनेछु।” अर्को ठाउँमा धर्मशास्‍त्रले भन्‍छ, “तिम्रो शत्रु भोकाएको छ भने खान देओ, तिर्खाएको छ भने पानी देओ किनभने यसो गर्नाले तिम्रो शत्रुको टाउकोमा आगोको भुँग्रो थुपार्नेछौ।” खराबीले तिमीलाई जित्‍न नपाओस् तर खराबीलाई भलाइले जित।

रोमी 12 पढ्नुहोस्