मेरा प्यारा दाजुभाइहरू, परमेश्वरको धेरै दया तिमीहरूमाथि भएको छ। त्यसैले आफ्नै शरीर पवित्र र परमेश्वरलाई मनपर्दो जिउँदो बलिदान बनाएर परमेश्वरको सेवा गर्न उहाँको सामु चढाओ भनेर म तिमीहरूलाई बिन्ती गर्दछु। तिमीहरूको आत्माले गर्नुपर्ने साँचो आराधना पनि यही नै हो। तिमीहरूले संसारका मानिसहरूका देखासिकी गरेर उनीहरूजस्तै हुने इच्छा नराख, अब आफ्नो मनमा नयाँ भई परिवर्तन होओ। त्यसो भए मात्र तिमीहरूले परमेश्वरको इच्छा के रहेछ, पत्ता लाउन सक्छौ अनि कुन कुरो असल छ, कुन कुरोले परमेश्वरलाई खुसी तुल्याउँछ अनि कुनचाहिँ कुरा पक्का हो, त्यो तिमीहरूलाई छर्लङ्ग थाहा हुन्छ। परमेश्वरले मलाई अनुग्रह देखाउनुभएकोले म तिमीहरू सबैलाई भन्दै छु, आफूलाई ठूलो नठान तर परमेश्वरले दिनुभएको विश्वासको मात्राअनुसार आफू जस्ता छौ, त्यस्तै ठान।
रोमी 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 12:1-3
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू