त्यसपछि मैले हेरें अनि कसैले पनि गन्न नसक्ने एउटा ठूलो भीड देखें। उनीहरू हरेक जाति, कुल, देश र भाषाबाट आएका थिए। उनीहरू सेतो पोशाक लगाएर हातमा खजुरका स्याउला समाती मूल सिंहासन र थुमाका अगाडि उभिरहेका थिए। उनीहरू ठूलो सोरले यसो भनेर कराए: “सिंहासनमा विराजमान् हुनुहुने हाम्रा परमेश्वर र थुमाबाट नै हाम्रो उद्धार हुन्छ।” मूल सिंहासन, धर्म-गुरु र चार जीवित प्राणीका वरिपरि स्वर्गदूतहरू उभिरहेका थिए। उनीहरूले सिंहासनको अगाडि दण्डवत् गरी यसो भनेर परमेश्वरको जयजयकार गरे: “आमेन। प्रशंसा, सम्मान्, ज्ञान-बुद्धि, धन्यवाद, आदर, अधिकार र शक्ति सदासर्वदा हाम्रा परमेश्वरकै हुन्! आमेन!” एक जना धर्म-गुरुले मलाई सोधे, “यी सेता लुगा लगाएका मानिसहरू को हुन् र कहाँबाट आएका हुन्?” मैले उनलाई भनें, “मलाई थाहा छैन। हजुरलाई नै थाहा छ।” उनले मलाई भने, “उनीहरूचाहिँ ठूलो सतावट सहेर आएका छन् र उनीहरूले आफ्ना-आफ्ना लुगा थुमाको रगतले धोएर सेता पारेका छन्। यसकारण उनीहरू परमेश्वरको अगाडि छन् र दिन-रात उहाँको पवित्र मन्दिरमा उहाँको सेवा गर्छन्। सिंहासनमा विराजमान् हुनुहुनेचाहिँ उनीहरूको बीचमा रहेर तिनीहरूको रक्षा गर्नुहुनेछ। उनीहरू अबदेखि कहिल्यै भोकाउने र तिर्खाउनेछैनन्। घामले वा कुनै चर्को तापले उनीहरूलाई पोल्नेछैन किनभने सिंहासनको बीचमा हुनुहुने थुमाले नै उनीहरूको गोठालो भएर रक्षा गर्नुहुनेछ। उहाँले उनीहरूलाई जीवनको पानीका मूलमा डोर्याएर लानुहुनेछ। अनि परमेश्वरले नै उनीहरूका आँखाबाट हरेक आँसु पुछिदिनुहुनेछ।”
प्रकाश 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रकाश 7:9-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू