YouVersion लोगो
खोज आइकन

प्रकाश 5:5-10

प्रकाश 5:5-10 सरल नेपाली

एक जना धर्म-गुरुले मलाई भने, “नरोऊ, हेर, यहूदा कुलको सिंह, जो दाऊदका वंशका महान् हुनुहुन्‍छ, उहाँ विजयी हुनुभएको छ र सातवटा मोहर तोडी त्‍यो कागजको मुट्ठा खोल्‍न सक्‍नुहुन्‍छ।” त्‍यसपछि मैले चार जीवित प्राणीहरू र धर्म-गुरुहरूले घेरेको त्‍यो सिंहासनको बीचमा एउटा थुमा उभिरहेको देखें। यो थुमाचाहिँ मारिएको जस्‍तो देखिन्‍थ्‍यो। त्‍यसका सातवटा सिङ र सातै आँखा थिए जुनचाहिँ सारा पृथ्‍वीमा पठाइएका परमेश्‍वरका सात आत्‍मा हुन्। अघि बढेर थुमाले सिंहासनमा विराजमान् हुनुहुनेको दाहिने हातबाट त्‍यो कागजको मुट्ठा लिनुभयो। त्‍यति नै खेर ती चारवटा जीवित प्राणीहरू र चौबीस जना धर्म-गुरुले थुमाको चरणमा दण्‍डवत् गरे। प्रत्‍येकको हातमा एउटा वीणा र धूपको सुबासनाले भरिएको सुनको बटुको थियो। ती धूपका बास्‍नाचाहिँ परमेश्‍वरका भक्तहरूका बिन्‍ती-प्रार्थनाहरू हुन्। उनीहरूले यसो भनेर एउटा नयाँ गीत गाए, “यस कागजको मुट्ठा लिन र यसका मोहर तोडेर खोल्‍न तपाईं मात्र योग्‍य हुनुहुन्‍छ किनभने तपाईं मारिनुभयो र आफ्‍नो रगतले सबै कुल, भाषा, देश र जातिबाट परमेश्‍वरको लागि मानिसहरूलाई किन्‍नुभयो। त्यसबाट हाम्रा परमेश्‍वरका सेवा गर्नलाई पूजाहारीको एउटा राज्‍य खडा गर्नुभयो अनि तिनीहरूले संसारमाथि राज गर्नेछन्।”

प्रकाश 5 पढ्नुहोस्