YouVersion लोगो
खोज आइकन

प्रकाश 5:5-10

प्रकाश 5:5-10 NNRV

तब धर्म-गुरुहरूमध्‍ये एक जनाले मलाई भने, “नरोऊ! हेर, यहूदाका कुलको सिंह, दाऊदको मूल यो मुट्ठो र यी सात वटा मोहोरहरू खोल्‍न विजयी हुनुभएको छ।” तब मैले एउटा थुमा उभिरहनुभएको देखें, जो मारिएको जस्‍तो देखा पर्नुहुन्‍थ्‍यो। उहाँ सिंहासन र चार जीवित प्राणीहरूका बीचमा, र धर्म-गुरुहरूका माझमा हुनुहुन्‍थ्‍यो। उहाँका सात वटा सीङ र सात वटा आँखा थिए, जुनहरू सारा पृथ्‍वीमा पठाइएका परमेश्‍वरका सात आत्‍मा हुन्‌। उहाँ जानुभयो, र सिंहासनमा विराजमान हुनुहुनेको दाहिने बाहुलीबाट त्‍यो मुट्ठो लिनुभयो। जब उहाँले त्‍यो मुट्ठो लिनुभयो, तब ती चारै जीवित प्राणी र चौबीसै धर्म-गुरुहरू थुमाको सामुन्‍ने घोप्‍टो परे। प्रत्‍येकको हातमा वीणा र धूपले भरिएका सुनका पात्रहरू थिए, जो सन्‍तहरूका प्रार्थना हुन्‌। तिनीहरूले यसो भन्‍दै एउटा नयाँ गीत गाए: “तपाईं यो चर्मपत्रको मुट्ठो लिने र त्‍यसका मोहोरहरू तोड्‌ने योग्‍यका हुनुहुन्‍छ, तपाईं मारिनुभयो र आफ्‍नो रगतद्वारा तपाईंले परमेश्‍वरको निम्‍ति हरेक कुल, भाषा, मानिस र जातिबाट मानिसहरूलाई छुटकारा दिनुभयो, र तिनीहरूलाई राज्‍य र हाम्रा परमेश्‍वरका पूजाहारी बनाउनुभएको छ, र तिनीहरूले पृथ्‍वीमा राज्‍य गर्नेछन्‌।”