YouVersion लोगो
खोज आइकन

प्रकाश 5:11-13

प्रकाश 5:11-13 सरल नेपाली

फेरि मैले हेरें र करोडौं स्‍वर्गदूतहरू गाइरहेका सुनें। उनीहरूले मूल सिंहासन, चार जीवित प्राणीहरू र धर्म-गुरुहरूको वरिपरि उभी गाइरहेका थिए: “बलि भई मारिनुभएका थुमा अधिकार, धन, बुद्धि, बल, मान, आदर र जयजयकार लिन योग्‍यको हुनुहुन्‍छ!” स्‍वर्ग, पृथ्‍वी, पाताल र समुद्रमा सबै प्राणीले यो गीत गाइरहेका मैले सुनें, “सिंहासनमा विराजमान् हुनुहुने र थुमालाई सदासर्वदा जयजयकार, आदर, सम्‍मान् र अधिकार भइरहोस्!”

प्रकाश 5 पढ्नुहोस्