YouVersion लोगो
खोज आइकन

प्रकाश 21:3-5

प्रकाश 21:3-5 सरल नेपाली

सिंहासनबाट ठूलो सोरमा यसो भनेको मैले सुनें, “हेर! अबदेखि परमेश्‍वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ र उनीहरू उहाँकै मानिसहरू हुनेछन्। परमेश्‍वर आफैं उनीहरूसित हुनुहुनेछ अनि उहाँ उनीहरूका परमेश्‍वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अबदेखि कोही मर्नुपर्नेछैन। कसैले पनि शोक मानेर रुनेछैन, कुनै किसिमको दु:ख हुँदैन। पुराना सबै कुरा बितिसकेका छन्। तब सिंहासनमा विराजमान् हुनुहुने परमेश्‍वरले भन्‍नुभयो, “हेर! अब म सबै कुरा नयाँ बनाउँछु।” उहाँले मलाई यसो पनि भन्‍नुभयो, “यी कुरा लेख किनभने ती साँचा र विश्‍वास गर्न सकिने कुरा हुन्।”

प्रकाश 21 पढ्नुहोस्