YouVersion लोगो
खोज आइकन

प्रकाश 21:1-7

प्रकाश 21:1-7 सरल नेपाली

यसपछि मैले नयाँ स्‍वर्ग र नयाँ पृथ्‍वी देखें। पहिलो स्‍वर्ग र पहिलो पृथ्‍वी हराएर गयो अनि समुद्रचाहिँ लुप्‍त भयो। अनि परमेश्‍वरबाट स्‍वर्गबाट पवित्र सहर ओर्लिरहेको मैले देखें। तिनलाई आफ्‍ना दुलहा भेट्‍न सिँगारिएकी दुलहीजस्‍तै गरी तयार भएको मैले देखें। सिंहासनबाट ठूलो सोरमा यसो भनेको मैले सुनें, “हेर! अबदेखि परमेश्‍वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ र उनीहरू उहाँकै मानिसहरू हुनेछन्। परमेश्‍वर आफैं उनीहरूसित हुनुहुनेछ अनि उहाँ उनीहरूका परमेश्‍वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अबदेखि कोही मर्नुपर्नेछैन। कसैले पनि शोक मानेर रुनेछैन, कुनै किसिमको दु:ख हुँदैन। पुराना सबै कुरा बितिसकेका छन्। तब सिंहासनमा विराजमान् हुनुहुने परमेश्‍वरले भन्‍नुभयो, “हेर! अब म सबै कुरा नयाँ बनाउँछु।” उहाँले मलाई यसो पनि भन्‍नुभयो, “यी कुरा लेख किनभने ती साँचा र विश्‍वास गर्न सकिने कुरा हुन्।” अनि उहाँले भन्‍नुभयो, “अब सबै काम पूरा भइसके! अल्‍फा र ओमेगा आदि र अन्‍त म नै हुँ। जस-जसलाई तिर्खा लाग्‍छ, तिनीहरूलाई म जीवनको पानीको मूलबाट सित्तैंमा पिउन दिनेछु। ज-जसले जित्‍छ, उसले मबाट यो हक पाउनेछ। म उसका परमेश्‍वर हुन्‍छु र ऊ मेरो छोरो हुनेछ।

प्रकाश 21 पढ्नुहोस्