YouVersion लोगो
खोज आइकन

प्रकाश 2:1-7

प्रकाश 2:1-7 सरल नेपाली

“एफिससमा भएको मण्‍डलीको हेरचाह गर्ने दूतलाई यो कुरा लेख: सात वटा तारा “आफ्‍नो दाहिने हातमा लिने र सात वटा सुनका सामदानको बीचमा हिँड्‍नेले यसो भन्‍नुहुन्‍छ। तिमीले परिश्रमसँग गरेको काम र तिम्रो धीरज मलाई थाहा छ। तिमीले दुष्‍ट मानिसलाई देखिसहँदैनौ भनेर पनि मलाई थाहा छ। प्रेरित नभईकन प्रेरित हौं भन्‍नेलाई तिमीले जाँच गरी तिनीहरू झूटा हुन् भनी पत्ता लगाएका छौ भनेर पनि मलाई थाहा छ। तिमीहरू धीरजी छौ अनि मेरो लागि तिमीहरूले दु:ख भोग्‍यौ र मलाई त्‍यागेका छैनौ। तर एउटा कुराचाहिँ मैले तिमीहरूको विरुद्धमा भन्‍नै पर्छ। तिमीहरूले मलाई पहिलाको जस्‍तो प्रेम अहिले गर्न छोडेका छौ। तिमी कति गिरेका छौ, आफैंले सोच। पाप छोड र तिमीले पहिलेजस्‍तो मलाई प्रेम गर। नत्र म तिमीहरूकहाँ आउनेछु र तिम्रो सामदान त्‍यसको ठाउँबाट हटाउनेछु। तर तिमीमा यो एउटा राम्रो गुण छ अर्थात् मैले घृणा गरेका ती निकोलाइटस भनिएकाहरूको कामलाई तिमीहरूले पनि घृणा गर्दछौ। “जसका कान छन्, परमेश्‍वरका आत्‍माले मण्‍डलीहरूलाई भन्‍नुभएको कुरा सुन! “जसले जित्‍छ, उसलाई परमेश्‍वरको बगैँचामा भएको जीवनको रूखको फल म खान दिनेछु।”

प्रकाश 2 पढ्नुहोस्