YouVersion लोगो
खोज आइकन

प्रकाश 15:1-8

प्रकाश 15:1-8 सरल नेपाली

त्‍यहाँबाट मैले आकाशमा अर्को एउटा ठूलो र अचम्‍मको चिन्‍ह देखें। सात स्‍वर्गदूतहरू प्रत्‍येकले एक-एक वटा विपत्ति बोकेका थिए। तीचाहिँ परमेश्‍वरको क्रोधका सातवटा आखिरी विपत्ति हुन्। यसपछि मैले आगो र ऐना मिसिएको समुद्रजस्‍तो देखें। त्‍यो जनावर, त्‍यसको मूर्ति र त्यसको नाउँको सङ्‍ख्‍यामाथि विजय प्राप्‍त गर्ने सबैलाई मैले देखें। परमेश्‍वरले उनीहरूलाई दिनुभएका वीणाहरू हातमा समाएर उनीहरू त्‍यो ऐनाको समुद्रको छेउमा उभिरहेका थिए। परमेश्‍वरको सेवक मोशाको गीत र थुमाको गीत उनीहरूले गाइरहेका थिए, “प्रभु परमेश्‍वर सर्वशक्तिमान्, तपाईंका काम कति महान् र अचम्‍मका छन्। जाति-जातिका राजा, तपाईंका योजनाहरू ठीक र सत्‍य छन्। सबैले तपाईंको डर मान्‍नेछन्। तपाईंको महान्‌ताको घोषणा सबैले गर्नेछन्। तपाईं मात्र पवित्र हुनुहुन्‍छ। सबै जातिहरूले तपाईंकहाँ आएर मान-आदर गर्नेछन् किनभने अब तपाईंका ठीक विचार र न्‍यायहरू सबैले देखेका छन्।” यसपछि मैले स्‍वर्गमा भएको परमेश्‍वरको मन्‍दिर खोलिएको र त्‍यसभित्रको पवित्र वासस्‍थान पनि देखें। सातै विपत्ति बोकेका सात स्‍वर्गदूत त्‍यसैबाट निस्‍के। तिनीहरूले सफा र चम्‍कने लुगा लगाएका थिए र आफ्‍नो छातीमा सुनका फित्ता बाँधेका थिए। तब ती चार जीवित प्राणीमध्‍ये एउटाले चाहिँ सातवटा सुनका बटुका ती सात जना स्‍वर्गदूतलाई दिए। ती सात बटुकामा सधैँ बाँचिरहनुहुने परमेश्‍वरको क्रोध थियो। परमेश्‍वरको सम्‍मान् र शक्तिबाट निस्‍कने धुवाँले मन्‍दिर भरिदियो र ती सात स्‍वर्गदूतले बोकेका सातै विपत्ति नसिध्‍याउञ्‍जेल कोही पनि त्‍यसभित्र पस्‍न सकेन।

प्रकाश 15 पढ्नुहोस्