प्रकाश 15:1-8
प्रकाश 15:1-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मैले स्वर्गमा ठूलो र अचम्मको अर्को एउटा चिन्ह देखें: सात स्वर्गदूतहरूले सात वटा अन्तिम विपत्ति लिएका थिए, किनकि तिनीहरूमा नै परमेश्वरको क्रोध समाप्त भएको छ। आगोसँग मिसिएका काँचको समुद्रजस्तो मैले देखें। त्यहाँ पशु र त्यसको मूर्तिमाथि र त्यसका नाउँको संख्यामाथि विजय पाउनेहरू आफ्ना हातमा परमेश्वरको वीणा लिई त्यस काँचका समुद्रको किनारमा खड़ा थिए। तिनीहरूले यसो भनेर परमेश्वरका दास मोशाको भजन र थुमाको भजन गाउँदैथिए, “हे परमप्रभु परमेश्वर सर्वशक्तिमान्, तपाईंका कार्य महान् र आश्चर्यपूर्ण छन्, युग-युगका महाराजा, तपाईंका मार्ग धार्मिक र सत्य छन्। हे परमप्रभु, तपाईंको डर कसले मान्दैन? र तपाईंका नाउँको महिमा कसले गर्दैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ। सबै जातिले आएर तपाईंलाई दण्डवत् गर्नेछन्, किनभने तपाईंका धार्मिक कार्यहरू प्रकट भएका छन्।” यी कुरापछि मैले हेरें, र स्वर्गमा गवाहीका मण्डपको मन्दिर उघारियो। स्वच्छ र उज्ज्वल वस्त्र धारण गरेका र छातीमा सुनौलो फित्ता बाँधेका सात स्वर्गदूतहरू सात विपत्ति लिएर मन्दिरबाट बाहिर निस्के। ती चार जीवित प्राणीमध्ये एउटाले सदासर्वदा जीवित रहनुहुने परमेश्वरको क्रोधले भरिएका सुनका सात कचौरा ती सात स्वर्गदूतलाई दिए। अनि परमेश्वरको महिमा र उहाँका शक्तिको कारण मन्दिर धूवाँले भरियो। ती सात स्वर्गदूतका सात विपत्ति नसिद्धिञ्जेल कोही पनि मन्दिरभित्र पस्न सकेन।

प्रकाश 15:1-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मैले स्वर्गमा अर्को ठूलो र आश्चर्यजनक चिन्ह देखेँ: सात वटा अन्तिम विपत्तिहरू लिएका सात स्वर्गदूतहरू थिए। यी अन्तिम विपत्तिहरू हुन्; किनकि यी विपत्तिहरूसँगै परमेश्वरको क्रोध पूरा हुनेछ। अनि मैले आगोसित मिसिएको काँचको समुद्रझैँ देखेँ; अनि समुद्रको किनारमा त्यो पशु र त्यसको मूर्ति अनि त्यसको नामको संख्यामाथि विजयी भएकाहरूलाई देखेँ। तिनीहरूले परमेश्वरले दिनुभएका वीणाहरू लिएका थिए। तिनीहरूले परमेश्वरको सेवक मोशाको र थुमाको गीत गाए: “हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंका कामहरू महान् र अचम्मका छन्। राष्ट्रहरूका राजा, तपाईंका मार्गहरू न्यायपूर्ण र सत्य छन्। हे प्रभु, तपाईंको डर कसले मान्दैन? अनि तपाईंको नामको महिमा कसले गर्दैन र? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ। सबै राष्ट्रहरू आएर तपाईंको सामु दण्डवत् गर्नेछन्; किनकि तपाईंका धार्मिक कामहरू प्रकट भएका छन्।” त्यसपछि मैले स्वर्गमा मन्दिर उघारिएको देखेँ, जुनचाहिँ गवाहीको पाल हो। त्यस मन्दिरबाट सात स्वर्गदूतहरू सात विपत्तिहरू लिएर बाहिर आए। तिनीहरूले सफा र चम्किलो मलमलको वस्त्र पहिरेका थिए, र छातीमा सुनका पेटी बाँधेका थिए। तब ती चार जीवित प्राणीहरूमध्ये एक जनाले ती सात स्वर्गदूतहरूलाई सदासर्वदा जिउनुहुने परमेश्वरको क्रोधले भरिएका सात वटा सुनका कचौराहरू दिए। अनि परमेश्वरको महिमा र उहाँको शक्तिबाट आएको धुवाँले मन्दिर भरियो; अनि ती सात स्वर्गदूतहरूका सात विपत्तिहरू पूरा नभएसम्म कोही पनि मन्दिरभित्र पस्न सकेन।
प्रकाश 15:1-8 पवित्र बाइबल (NERV)
तब मैले स्वर्गमा अर्को संकेत देखे। यो महान अनि अद्भूत थियो। त्यहाँ सात विपत्ती ल्याउने सात स्वर्गदूतहरू थिए। ती अन्तिम विपत्तीहरू थिए। किनभने यी विपत्तीहरू पछि परमेश्वरको क्रोध समाप्त हुनेछ। मैले आगोसित मिसिएको काँचको समुद्र जस्तै केही चीज देखेँ। समस्त मानिसहरू जसले त्यो पशु अनि त्यसको मूर्ति अनि त्यसको नाउँका संख्याहरूमाथि विजय प्राप्त गरेका थिए, समुद्रको छेउमा उभिरहेका थिए। यी मानिसहरूसित वीणा थियो जो परमेश्वरले दिएका थिए। तिनीहरूले परमेश्वरको सेवक मोशा अनि परमेश्वरको थुमाको गीत गाए: “परमप्रभु-परमेश्वर, सर्व-शक्तिमान्, तपाईंले जे गर्नु हुन्छ, महान् अनि आश्चर्यपूर्ण छन्। राष्ट्रहरूका राजा, तपाईंका विचार सबै सही अनि सत्य छन्। हे परमप्रभु, समस्त मानिसहरू तपाईंसित भयभीत हुनेछन्। सबै मानिसहरूले तपाईंको नाउँको स्तुति गर्नेछन्। किनभने तपाईं मात्र पवित्र हुनुहुन्छ। सम्पूर्ण मानिसहरू आउनेछन् अनि तपाईंको सामुन्ने प्रशंसा गर्नेछन्, किनभने यो स्पष्ट छ कि तपाईं त्यो कुरा गर्नुहुन्छ जो सही छन्।” तब मैले स्वर्गमा साक्षीको मन्दिर देखें जुन खुल्ला थियो। अनि सात विपत्तीहरू ल्याउने स्वर्गदूतहरू मन्दिर बाहिर आए। तिनीहरूले सफा चम्किलो मलमलको लुगा लगाएका थिए। तिनीहरूले आफ्नो छाती सुनौंला पट्टीले बाँधेका थिए। तब चार मध्ये एक सजीव वस्तुले ती सात स्वर्गदूतहरूलाई सातवटा सुनौला कचौरा दिए। ती कचौराहरू सदा-सर्वदा जीवित रहनु हुने परमेश्वरको क्रोधले भरिएको थियो जो सदा सर्वदा बस्नेछन्। मन्दिरमा परमेश्वरको महिमा अनि शक्तिको धुवाँले भरिएको थियो। सात स्वर्गदूतका सात विपत्तीहरू पुरा नहुन्जेलसम्म मन्दिरभित्र कसैले पनि प्रवेश गर्न सक्तैनथ्यो।
प्रकाश 15:1-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यहाँबाट मैले आकाशमा अर्को एउटा ठूलो र अचम्मको चिन्ह देखें। सात स्वर्गदूतहरू प्रत्येकले एक-एक वटा विपत्ति बोकेका थिए। तीचाहिँ परमेश्वरको क्रोधका सातवटा आखिरी विपत्ति हुन्। यसपछि मैले आगो र ऐना मिसिएको समुद्रजस्तो देखें। त्यो जनावर, त्यसको मूर्ति र त्यसको नाउँको सङ्ख्यामाथि विजय प्राप्त गर्ने सबैलाई मैले देखें। परमेश्वरले उनीहरूलाई दिनुभएका वीणाहरू हातमा समाएर उनीहरू त्यो ऐनाको समुद्रको छेउमा उभिरहेका थिए। परमेश्वरको सेवक मोशाको गीत र थुमाको गीत उनीहरूले गाइरहेका थिए, “प्रभु परमेश्वर सर्वशक्तिमान्, तपाईंका काम कति महान् र अचम्मका छन्। जाति-जातिका राजा, तपाईंका योजनाहरू ठीक र सत्य छन्। सबैले तपाईंको डर मान्नेछन्। तपाईंको महान्ताको घोषणा सबैले गर्नेछन्। तपाईं मात्र पवित्र हुनुहुन्छ। सबै जातिहरूले तपाईंकहाँ आएर मान-आदर गर्नेछन् किनभने अब तपाईंका ठीक विचार र न्यायहरू सबैले देखेका छन्।” यसपछि मैले स्वर्गमा भएको परमेश्वरको मन्दिर खोलिएको र त्यसभित्रको पवित्र वासस्थान पनि देखें। सातै विपत्ति बोकेका सात स्वर्गदूत त्यसैबाट निस्के। तिनीहरूले सफा र चम्कने लुगा लगाएका थिए र आफ्नो छातीमा सुनका फित्ता बाँधेका थिए। तब ती चार जीवित प्राणीमध्ये एउटाले चाहिँ सातवटा सुनका बटुका ती सात जना स्वर्गदूतलाई दिए। ती सात बटुकामा सधैँ बाँचिरहनुहुने परमेश्वरको क्रोध थियो। परमेश्वरको सम्मान् र शक्तिबाट निस्कने धुवाँले मन्दिर भरिदियो र ती सात स्वर्गदूतले बोकेका सातै विपत्ति नसिध्याउञ्जेल कोही पनि त्यसभित्र पस्न सकेन।