YouVersion लोगो
खोज आइकन

प्रकाश 14:14-20

प्रकाश 14:14-20 सरल नेपाली

यसपछि मैले हेरें, त्‍यहाँ सेतो एउटा बादल देखें र यसमाथि एउटा मानिसको रूप भएको कोही बसिरहेको देखें। उहाँको टाउकोमा सुनको मुकुट थियो र हातमा एउटा धारिलो हँसिया थियो। अर्को एक स्‍वर्गदूतले परमेश्‍वरको मन्‍दिरबाट निस्‍केर बादलमा बस्‍नुहुनेलाई यसो भनेर ठूलो सोरले कराए, “हँसिया लगाएर बाली काट्‍नुहोस् किनभने बेला भइसक्‍यो। पृथ्‍वीको बाली पाकिसकेको छ।” त्‍यहाँबाट बादलमा बस्‍नुहुनेले नै आफ्‍नो हँसिया पृथ्‍वीमा चलाउनुभयो र पृथ्‍वीको बाली काटियो। यसपछि मैले स्‍वर्गमा परमेश्‍वरको मन्‍दिरबाट आएका अर्को एक स्‍वर्गदूत देखें। उनको हातमा पनि धारिलो हँसिया थियो। अनि आगोमाथि अधिकार हुने अर्को एक स्‍वर्गदूत वेदीबाट आए। उनले हँसिया समाउने स्‍वर्गदूतलाई ठूलो सोरले यसो भन्‍दै कराए, “हँसिया चलाऊ र पृथ्‍वीको दाखबारीका दाखहरू काट किनकि तिनीहरू पाकिसकेका छन्।” त्‍यहाँबाट ती स्‍वर्गदूतले आफ्‍नो हँसिया पृथ्‍वीमा चलाए र दाखका झुप्‍पाहरू काटिदिए। अनि दाख पेल्‍ने कोलझैँ परमेश्‍वरको क्रोधको कोलमा फ्‍याँकिदिए। सहरबाहिर भएको कोलमा ती दाख पेलिए र त्‍यहाँबाट तीन सय किलोमिटर लामो र गहिरो रगतको खोला बग्‍यो।

प्रकाश 14 पढ्नुहोस्