प्रकाश 12
12
स्त्री र अजिङ्गर
1यसपछि आकाशमा एउटा अचम्मको ठूलो चिन्ह देखा पर्यो। एउटी स्त्री देखा परिन्, जसले घाम पहिरेकी थिइन्, जसको खुट्टामुनि जून र शिरमा बाह्रवटा ताराका मुकुट थिए। 2तिनी गर्भिणी थिइन् अनि सुत्केरी बेथा लागेर पीडाले कराउँदैथिइन्।
3 #
दानिएल 7:7
त्यसपछि आकाशमा अर्को एउटा अचम्मको चिन्ह देखा पर्यो, सात टाउका र दश वटा सिङ भएको एउटा ठूलो रातो अजिङ्गर थियो। त्यसका सात टाउकामा सातवटा मुकुट थिए। 4#दानिएल 8:10त्यसको पुच्छरले ताराहरूको तेस्रो भागलाई आकाशदेखि घिस्याएर पृथ्वीमा फ्याँकिदियो अनि जन्म हुन आँटेको बालकलाई जन्मनेबित्तिकै खान सुत्केरी हुन लागेकी स्त्रीको अगाडि त्यो अजिङ्गर उभियो। 5#यशैया 66:7; भजनसंग्रह 2:9सबै राज्यहरूलाई शक्तिसँग शासन गर्ने एउटा छोरो ती स्त्रीले जन्माइन्। तर तिनका छोरालाई उठाएर परमेश्वरकहाँ र उहाँकै सिंहासनमा लगियो। 6अनि आमाचाहिँ जङ्गलतिर भागिन्, जहाँ एक हजार दुई सय साठी दिनसम्म तिनलाई पाल्न परमेश्वरले ठाउँ तयार गर्नुभएको थियो।
7 #
दानिएल 10:13,21; 12:1; यहूदा 1:9 यसपछि स्वर्गमा लडाइँ सुरु भयो। मिखाएल र उनका अरू स्वर्गदूतहरूले त्यो अजिङ्गरसित लडाइँ गरे अनि त्यस अजिङ्गर र त्यसका दूतहरूले पनि उनीहरूका विरुद्धमा लडाइँ गरे। 8अजिङ्गर र त्यसका दूतहरूले हारे र स्वर्गमा यिनीहरूलाई बस्न दिएनन्। 9#उत्पत्ति 3:1; लूका 10:18यसरी त्यो अजिङ्गर, जो सुरुको सर्प हो, जसको नाम दुष्टात्मा वा शैतान पनि हो, जसले सारा संसारलाई भर्माएर राखेको थियो, त्यसैलाई यसका दूतहरूसित स्वर्गबाट पृथ्वीमा फ्याँकिएको थियो।
10 #
अय्यूब 1:9-11; जकरिया 3:1 तब मैले स्वर्गमा यसो भनिएको एउटा ठूलो सोर सुनें, “अबदेखि हाम्रा परमेश्वरले उद्धार गर्नुहुन्छ र उहाँले आफ्नो राजकीय शक्ति देखाउनुभएको छ। अब उहाँको ख्रीष्टले अधिकार देखाउनुभएको छ। अब हाम्रा दाजुभाइहरूलाई दिन-रात परमेश्वरको अगाडि दोष लगाउने शैतान स्वर्गबाट फालिएको छ।
11थुमाको रगतले, उनीहरूले घोषणा गरेका सत्य वचनले र ज्यानसम्म दिन उनीहरू तयार भएका हुनाले हाम्रा भाइहरूले त्यसलाई जितेका छन्। 12यसकारण स्वर्ग र त्यहाँ रहनेहरू सबै रमाओ! तर पृथ्वी र समुद्रलाई हाय! हाय!! किनभने तिनीहरूका बीचमा शैतान राँकिएर आएको छ र त्यसको समय सिद्धिन लागेको छ भन्ने त्यसलाई थाहा छ।”
13“तब पृथ्वीमा फ्याँकिएको छु भन्ने थाहा पाएर अजिङ्गरले त्यो छोरा पाउने आमालाई खेद्न थाल्यो। 14#दानिएल 7:25; 12:7अजिङ्गरबाट बाँचेर उजाड-स्थानमा भएको आफ्नो शरणस्थानमा पुग्न ती स्त्रीलाई गरुडको दुईटा पखेटा दिइएको थियो। त्यहाँ तिनको लागि साढे तीन वर्षसम्म पालन-पोषण गरिनेछ। 15ती स्त्रीलाई भल-बाढीले बगाउन त्यो अजिङ्गरले आफ्नो मुखबाट एउटा खोलासरह पानी निकाल्यो। 16तर पृथ्वीले त्यस स्त्रीलाई बचाउन आफ्नो मुख उघारेर त्यो अजिङ्गरले बगाएको पानी निलिदियो। 17अजिङ्गर स्त्रीसँग झन् रिसायो र त्यो तिनका सन्तान, परमेश्वरका आज्ञा मान्नेहरू र येशूका शिक्षामाथि विश्वास गर्नेहरूसित लडाइँ गर्न गयो 18अनि त्यो अजिङ्गर समुद्रको किनारमा उभियो।
अहिले सेलेक्ट गरिएको:
प्रकाश 12: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.